फिल्म चल्नेमा ढुक्क थिएनन् दयाहाङ र सौगात

फिल्म चल्नेमा ढुक्क थिएनन् दयाहाङ र सौगात

काठमाडौं । असोज २१ गते रिलिज भएको नेपाली चलचित्र ‘२ नम्बरी’ले नेपाली बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । रिलिजको केही दिनमै लगानी उठाएको निर्माण पक्षले आफ्नो चलचित्रमा काम गरेका प्राविधिकलाई बोनस दिने घोषणा समेत गर्यो ।

दोस्रो हप्तामा पनि चलचित्रले दर्शकको साथ पाइरहेको छ । गत शुक्रबार एकै दिन पाँचवटा चलचित्र रिलिज हुँदा पनि यो चलचित्रले अझै दर्शकको माया पाइरहेको छ ।दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल छन् । एकाध चलचित्रबोहेक अधिकांश चलचित्रले लगानी गुमाइरहेको समयमा रिलिज भएको यो चलचित्र चल्छ भन्नेमा निर्देशक दीपेन्द्र ढुक्क थिए ।

“राम्रा भनेर अपेक्षा गरेका केही चलचित्र नचले पनि केही अपेक्षा गरेर पनि त्यति धेरै प्रचार नगरिएका चलचित्र पनि नेपालमा चलेका छन् । त्यसैले २ नम्बरी चल्छ भन्नेमा म ढुक्क थिएँ किन भने कमर्सियल हिसाबले यो चलचित्र दर्शकलाई रुचिकर लाग्छ भन्ने मलाई लागेको थियो,” दीपेन्द्र भन्छन्, “जब टिजर रिलिज भयो त्यही बेलादेखि म यो चलचित्र चल्छ भन्नेमा ढुक्क भइसकेको थिएँ ।”

Europass CV in Nepal

यता, यसका मुख्य दुई कलाकार दयाहाङ र सौगात भने यो चलचित्र चल्छ भन्नेमा ढुक्क थिएनन् । “सौगात र दयाहाङ दुवैले यो चलचित्र चल्दैन भनेर माया मारिसकेका थिए।  त्यसैले यो चलचित्रको निर्माण पक्षले पनि त्यति धेरै प्रोमोसन पनि गरेन,” स्रोतले भन्यो, “सौगात र दयाहाङले अपेक्षा गरेका उनीहरूकै र अरु चलचित्र पनि नचलेकाले उनीहरू दुवैले यो सिनेमा पनि चल्दैन भनेर माया मारिसकेका थिए ।” निर्माण पक्षले यो चलचित्रको खासै धेरै पब्लिसिटी गरेको थिएन । वर्ड अफ माउथले यो चलचित्र चलेको थियो ।

 

Europass CV in Nepal