मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कल केपी बा : कात्तिक ४ मा केपी ओलीसँग फोनमा कुराकानी गर्न सकिने

Himali Patrika 1 मिनेट पढाइ

ने‍कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक ४ गते कुरा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले‍ सबैलाई आफ्नो फोन नम्बर उनको फेसबुकको म्यासेज बक्समा छोड्न अनुरोध गरेका छन्।

‘कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु। आउनुस् कुरा गरौं।’, उनले भनेका छन्। यसअघि सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका थिए।

लाइभ डिबेट गर्न तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ मा आउन आफू तयार रहेको बताएका छन्।सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका छन्।

धेरै प्रयोगकर्ताले ओली र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ‘लाइभ डिबेट’ हुनुपर्ने माग गरिरहेको ओलीको दाबी छ।निर्वाचनका बेला पश्चिमा देशहरूले यस्तो लाइभ डिबेट गर्ने गर्छन्। त्यस्तै लाइभ डिबेटका लागि आफू तयार भएको बताउँदै आज ओलीले फेसबुकमा लेखेका छन्, ‘म त यसका लागि तयार छु, देउवाजी नि?’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।