मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सुकेशसँग ज्याकलिनको त्यो चुम्बन, जसले प्रहरी हिरासतमा पुर्‍यायो

Himali Patrika 1 मिनेट पढाइ

मुम्बई: महाठगको उपमा पाएका सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज विवादमा तानिएकी छन्। उनलाई आइतबार भारतको प्रवर्तन निर्देशालयले मुम्बई विमानस्थलबाट लियन्त्रणमा लिएको थियो। अहिले उनी रिहा भए पनि चन्द्रशेखरसँगको सम्बन्धका कारण उनी यो विवादमा तानिएका हुन्।

प्रवर्तन विभागले सुकेशविरुद्ध दुई सय करोड ‘मनी लन्ड्रिङ’विरुद्ध मुद्दा दायर गरेको छ। जसमा सुकेशले ज्याकलिनलाई महँगा महँगा गिफ्ट दिइएको बताइएको छ। प्रवर्तन निर्देशालयका अधिकारीका अनुसार ५२ लाखको घोडा, ९ लाख बराबरको बिरालो र गरगहना ज्याकलिनलाई गिफ्ट दिइएको पाइएको छ।

यहाँसम्म कि सुकेशले ज्याकलिनलाई चेन्नई आउनका लागि प्राइवेट जेटको व्यवस्थासमेत गरिदिएको बताइएको छ। स्रोतको हवला दिँदै भारतीय सञ्चारमाध्यमका अनुसार ज्याकलिन र सुकेशबीच चेन्नईमा मात्र चार पटक भेटघाट भएको थियो। सुकेश र ज्याकलिनको चुम्बन गरिएको तस्बिर केही समयअघि सार्वजनिक भएको थियो। उक्त तस्बिरका कारण पनि ज्याकलिन विवादमा तानिन थालेकी हुन्।

को हुन् सुकेश चन्द्रशेखर?

सुकेश चन्द्रशेखर कर्नाटकमा जन्मिएका हुन्। उनले १७ वर्षकै उमेरदेखि अरुलाई ठग्न सुरु गरेको बताइन्छ। उनले ठगीलाई नै आफ्नो पेसा बनाएका थिए। पछि उनी कर्नाटकबाट चेन्नई आएका थिए। त्यहाँ उनले ठूलाबडा ब्यापारीहरुलाई ठगी/असुली गर्थे। आफूलाई राजनेताको नातेदार भनेर उनले सर्वसाधारणसँग पनि पैसा उठाउने गरेको भारतीय प्रहरीको भनाइ छ। उनले सर्वसाधारणबाट मात्र ७४ करोड ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।