काठमाडौं । नेपाल-चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईले दिएको जानकारी अनुसार सिन्धुपाल्चोकको तातोपानीनजिक केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।
बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगालगायतका जिल्ला, छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक र तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा सो भूकम्पको इपिसेन्टर रहेको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका थुप्रै जिल्लामा महसुस गरिएको नयाँ पत्रिकाकर्मीहरूले जनाएका छन् ।