भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा ८० वर्षका मल्लिकार्जुन खड्गे निर्वाचित हुनुभएको छ । आज बुधवार सार्वजनिक मत परिणामअनुसार खड्केले सात हजार आठ सय ९७ मत र उहाँका प्रतिस्पर्धी शशि थरुरले एक हजार ७२ मत प्राप्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अध्यक्षमा निर्वाचित खड्गे ८० वर्षका हुनुहुन्छ । थरुरले ट्वीट गरेर हार स्वीकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिनुभएको छ । खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । तर यो चुनावमा गान्धी परिवारले दलित समुदायका खड्गेलाई नै सघाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कंग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो । यसअघि सन् २००० मा भएको चुनावमा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हाल्नुभएको थियो । भारतीय कांग्रेसको एक सय ३७ वर्षीय इतिहासमा यो छैटौँ चुनाव हो ।
को हुन् खड्गे?
खड्गेले पहिलो पटक सन् १९७२ मा कर्नाटक राज्य विधानसभा चुनाव लड्नुभयो र गुरुमितकल निर्वाचन क्षेत्रबाट विजयी हुनुभयो । १९७६ मा उहाँ प्राथमिक शिक्षा राज्यमन्त्री नियुक्त हुनुभयो। १९७८ मा उहाँ दोस्रो पटक गुरुमितकल निर्वाचन क्षेत्रबाट विधायक निर्वाचित हुनुभयो र ग्रामीण विकास र पञ्चायत राज राज्यमन्त्री नियुक्त हुनुभयो।
सन् १९८० मा उनी गुन्डु रावको क्याबिनेटमा राजस्व मन्त्री हुनुभयो । सन् १९८३ मा उहाँ गुरुमितकलबाट तेस्रो पटक कर्नाटक विधान सभामा निर्वाचित भए।१९८५ मा उहाँले गुरमितकलबाट चौथो पटक कर्नाटक विधान सभामा विजयी भए र कर्नाटक विधान सभामा विपक्षी दलको उपनेता नियुक्त हुनुभयो । सन् १९८९ मा पनि उनले गुरमितकलबाट पाँचौं पटक जित्न सफल हुनुभयो ।
त्यस्तै, २००४ मा खर्गेले लगातार आठौं पटक विधानसभा चुनाव जित्नु भएको थियो । २००५ मा, उहाँ कर्नाटक प्रदेश कांग्रेस कमिटीको अध्यक्षको रूपमा नियुक्त हुनुभयो। सन् २००८ मा उनी लगातार नवौं पटक चितपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुनुभएको थियो । खर्गे सन् २००८ मा दोस्रो पटक विपक्षी दलको नेता बन्नुभएको थियो । २००९ मा, खर्गेले गुलबर्गा संसदीय क्षेत्रबाट लोकसभा चुनाव लडेर आफ्नो दशौं लगातार चुनाव जित्नुभयो ।