मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

बझाङ जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो

Himali Patrika 1 मिनेट पढाइ

बझाङमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ।बुधबार दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप दुर्घटना परेको हो।यस्तै दुर्घटनामा अन्य १६ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङ डिएसपी जागेश्वर भण्डारीले बताए।

उनका अनसार घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ।घाइतेमध्ये अधिकांसको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको अझै उद्धारकार्य जारी छ। साँझ परेकाले उद्धारमा कठिनाइ भइरहेको छ। जिप दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।