आईसीयूमा प्रचण्डपत्नी सीता

आईसीयूमा प्रचण्डपत्नी सीता

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्। बुधबार उनलाई आकस्मिक रुपमा अस्पताल लगिएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन्।बुधबार आयोजित माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको निर्वाचनकेन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सो विषय जानकारी गराएका हुन्।

’आज अध्यक्ष कमरेड तपाईंहरू समक्ष उपस्थित हुन सक्नुभएन र अब सक्नुहुन्न। अहिले हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार कमरेड सीता दाहाल अहिले यहाँ आउनुभन्दा केही अगाडि हस्पिटल लैजानुपर्ने आपतकालीन अवस्थाका कारणले उहाँलाई हस्पिटल लगिएको छ। मेडिसिटी हस्पिटलको आइसीयूमा हुनुहुन्छ’, श्रेष्ठले भने।

उनले कार्यकर्तालाई अस्पताल गएर डिस्टर्ब नगर्न अनुरोध पनि गरे। ’जानु पर्दैन। म सबै कमिटीको भेलाको तर्फबाट उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। र यो कार्यक्रममा अध्यक्ष कमरेड आउन नसकेको परिस्थितगत बाध्यतालाई पनि बुझिदिन अनुरोध गर्दै बिदा हुन्छु’, उनले भने। २०७४ मंसिरमा छोरा प्रकाश दाहालको निधन भएको केही समयदेखि नै सीता अस्वस्थ छिन्।

Europass CV in Nepal

Europass CV in Nepal