मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एमबीबीएस उत्तीर्ण विद्यार्थीले डाक्टर बन्न नचाहे लाइसेन्स परीक्षा दिनु नपर्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ  । एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने व्यवस्था हटाइने भएको छ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस/बीडीएस गरेर लाइसेन्स परीक्षामा उत्तीर्ण हुन नसक्नेलाई बिरामी जाँच, परीक्षणजस्ता उपचार गर्नु नपर्ने स्वास्थ्यसँग सम्बन्धित विषयमा स्नातकोत्तर अध्ययन गर्न दिन प्रक्रिया अगाडि बढाएको छ ।

आजको कान्तिपुरका अनुसार, एमबीबीएस उत्तीर्णले चिकित्सकीय काम नगर्ने हो भने उनीहरूको शैक्षिक प्रमाणपत्रलाई स्नातकसरह मान्यता दिएर स्नातकोत्तर अध्ययनका लागि व्यवस्था गर्न लागिएको काउन्सिलका रजिस्ट्रार एवं प्रवक्ता डा. कृष्ण अधिकारीले बताए ।

‘यस्तो व्यवस्था नेपाल, भारत, पाकिस्तानबाहेक थुप्रै मुलुकमा छ । हामी पनि आउने वर्षदेखि लाइसेन्स परीक्षालाई अनिवार्य नगर्ने पक्षमा छौं,’ उनले भने, ‘सबै एमबीबीएस पासले डाक्टरी नै गर्नुपर्छ भन्ने छैन, उहाँहरूले स्नातकोत्तर गरेर अन्य उपयुक्त जागिर गर्न पाउनुहुन्छ ।’ लाइसेन्स परीक्षामा अनुत्तीर्णहरूका लागि यो व्यवस्था एउटा राम्रो निकास हुने उनले बताए । काउन्सिलले लिने लाइसेन्स परीक्षामा सरदर ५० देखि ६० प्रतिशत पास हुने गरेका छन् । परीक्षामा १ सय ८० वटा वस्तुगत प्रश्न सोधिन्छ, यसमा ९० अंक ल्याउने पास हुन्छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।