मुख्य सामग्रीमा जानुहोस्
Monday, 14 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

‘हृदयघात’पछि स्वास्थ्य लाभ गर्दै २७ वर्षिया अभिनेत्री वर्षा शिवाकोटी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक संजालबाट यस कुराको जानकारी दिएकी छन् । अनलाइनखबरले प्रकाशित गरेको समाचारका अनुसार बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् ।

चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।अनलाइनखबरमा समाचार प्रकाशित भएपछि उनले फेसबुक पोस्ट पुनः सम्पादन गर्दै भूकम्पको कारण आफूलाई मिनी–हार्ट अट्याक भएको उल्लेख गरेकी छन् ।

२७ वर्षिया अभिनेत्री पछिल्लो समय देश विदेश घुमघाममा व्यस्त थिइन् । वर्षा पछिल्लो समय वैवाहिक सम्बन्धलाई लिएर समेत चर्चामा छिन् । केही दिनमा डिस्चार्ज हुन्छु : रामचन्द्र अधिकारी

रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार

लोकप्रिय हास्य कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार आएको छ । १० दिन अगाडि निमोनिया लगायतको समस्याका कारण चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको स्वास्थ्यमा राम्रो सुधार भएको अधिकारीको श्रीमती शिखा अधिकारीले जानकारी दिइन् ।

दर्शकमाझ ‘काजी साप’ उपनामले परिचित कलाकार अधिकारीलाई सुरुमा आईसियूमा भर्ना गरिएपनि अहिले क्याबिनमा राखिएको छ । ‘अहिले खाना खान थाल्नुभएको छ । स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । केही दिनमा अस्पतालले डिस्चार्ज दिनेछ’ उनकी श्रीमती सिखाले भनिन् ।

६८ वर्षीय कलाकार अधिकारी सानो पर्दाका विभिन्न हास्य श्रृंखलामार्फत दर्शकमाझ लोकप्रिय छन् । थुप्रै फिल्ममा समेत अभिनय गरेका उनी ‘मेरी बास्सै’ श्रृंखलाबाट ‘काजी साप’को रुपमा देखिँदै आएका छन् । अधिकारीले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।