मुख्य सामग्रीमा जानुहोस्
Thursday, 22 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बाँदरको नाममा ३२ एक्कड जमिन, बिहेभोज लगायतका समारोहमा पनि बाँदरलाई निमन्त्रणा

Himali Patrika 1 मिनेट पढाइ

भारतमा भूमिहीन तथा गरीब मानिसको संख्या निकै छ । तर महाराष्ट्रको उस्मानावाद जिल्लाको एक गाउँमा भने बाँदरको नाममा समेत ३२ एक्कड जमिन रहेको छ ।उस्मानाबादको उपला गाउँमा जब कुनै बाँदर कुनै घरको ढोकामा पुग्छन्, तब मानिसहरु बाँदरलाई निकै सम्मान गर्दछन् । त्यति मात्र होइन, गाउँमा हुने बिहेभोज लगायतका समारोहमा पनि बाँदरको सम्मान गरिन्छ ।

उपला ग्राम पञ्चायतमा रहेको अभिलेखमा स्थानीय ३२ एक्कड जमिन गाउँ आसपासमा बस्ने सबै बाँदरको नाममा रहेको उल्लेख छ । गाउँका सरपञ्च बप्पा पडवालका अनुसार ग्राम पञ्चायतको दस्तावेजमा उक्त जमिन बाँदरको रहेको देखिए पनि जनावरको स्वामित्वमा जग्गा राख्न सकिने उक्त प्रावधान कसले र कहिले सुरु भयो भन्ने खुलेको छैन ।

उनका अनुसार विगतमा गाउँमा हुने सबै अनुष्ठानमा बाँदरको उपस्थिति हुन्थ्यो । बिहे हुँदा सबैभन्दा पहिले बाँदरलाई उपहार दिइन्थ्यो र मात्रै समारोह सुरु हुन्थ्यो । तर अहिले धेरैले त्यो प्रथा छाड्दै गएका छन् । तर आफ्नो ढोकामा आउने बाँदरलाई खाना खुवाउने चलन भने हराएको छैन । गाउँमा अहिले गाउँमा झण्डै १०० वटा बाँदर बस्छन् । तर पछिल्ला वर्षमा बाँदरको संख्या घट्दै गएको छ ।

बाँदरको नाममा रहेको जमिनमा वन विभागले वृक्षरोपण गरेको छ । त्यहाँ मानिस बस्न छाडेको एउटा घर पनि बाँदरको बासका लागि दिइएको थियो, जुन अहिले भत्किएको छ । एजेन्सीको सहयोगमा

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।