मुख्य सामग्रीमा जानुहोस्
Monday, 14 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

फेसबुकबाट बिदा भइन नायिका वर्षा सिवाकोटी

Himali Patrika 1 मिनेट पढाइ

पछिल्लो समय नेपाली मिडियामा नायिका बर्षा सिवाकोटीलाई हृदयघातबाट निको हुँदै गरेकी भनेर समाचार आइरहेका छन्। उनले आफ्नै फेसबुकपेजमा ‘मिनी हार्ट अट्याक’ भनेर लेखेपछि सवैको ध्यान उनिकेन्द्रित भएको थियो। विभिन्न मिडियाले पुष्टि गरेको समाचार अनुसार हाल उनि घरमै आराम गरिरहेकी छिन। तर यता उनले चलाउँदै आएको फेसबुकबाट भने बिदा लिएकी छिन।

हुन त केही महिना पहिले नायिका पूजा शर्माले केही महिना अगाडि आफ्नो फेसबुक डिएक्टिभ गरिन् । उनले, फिल्म ‘सम्हालिन्छ कहिले मन’पछि आफ्नो फेसबुक पेज डिएक्टिभ गरेकी थिइन् । तर, पूजा बुधबारदेखि फेसबुकमा फर्किएकी छिन् ।

फेसबुकमा पूजा फर्किएको एक दिन नवित्दै अर्की नायिका वर्षा सिवाकोटीले भने फेसबुक डिएक्टिभ गरेकी छिन् । पछिल्लो समय उनको श्रीमान्सँग सम्बन्ध विग्रिएको खबर सार्वजनिक भैरहेको छ । साथै, उनले बुधबार भूकम्प आएपछि डरले ‘मिनी हार्टअट्याक’ भएको उल्लेख गरेकी थिइन् । उनले, यसो लेखेपछि कतिपय मिडियाले उनलाई हृदयघात नै भएको भन्दै गलत समाचार प्रकाशन गरेका थिए ।

वर्षाले आजबाट भने फेसबुक डिएक्टिभ गरेकी छिन् । उनले, फेसबुक डिएक्टिभ गर्नुको कारण खुलेको छैन । तर, एकातिर मानिसहरुले गलत वुझेर स्वास्थ्य लाभको कामना लेख्नु र अर्कोतिर श्रीमान्सँगको सम्बन्धको खबर सार्वजनिक हुनु उनले फेसबुक छाड्नुको मुख्यकारण मानिएको छ ।

श्रीमान्–श्रीमतीले एक अर्कालाई गरे अनफलो

बैशाखको ९ गते अमेरिकामा रहँदै आएका आशिष गेलालसँग बैबाहिक जीवनमा बाँधिएकी नायिका वर्षा सिवाकोटी विगत केही समयदेखि नेपालमै छिन् । बिहे गरेको केही समयपछि अमेरिका पुगेकी वर्षा केही महिना उतै बसिन् । तर, अमेरिकामा श्रीमान्सँग बस्दै आएकी वर्षा दशैं अगाडि नै नेपाल फर्किएकी हुन् । यसपछि भने उनी आफ्नी आमासँग घुमघाममा बढी व्यस्त भएको देखिन्छ ।

वर्षा केही दिन अगाडि मात्र आमाको साथमा सिंगापुर र थाइल्याण्ड पुगेर फर्किएकी छिन् । अमेरिकाबाट फर्किएपछि पनि वर्षा नेपाली मिडियामा खासै देखिएकी छैनन् ।बरु, वर्षाले आफ्ना श्रीमान् आशिषलाई सामाजिक संजालबाट अनफलो गरेकी छिन् । यस्तै, वर्षाका श्रीमान् आशिषले पनि उनलाई अनफलो गरेको देख्न सकिन्छ । यस्तै, वर्षाकी आमा दुर्गा सिवाकोटीले पनि आशिषलाई अनफलो गरेकी छिन् ।

वर्षाले सामाजिक संजाल इन्स्टाग्रामबाट पनि आशिषसँगका अधिकांश तस्वीर हटाएको देख्न सकिन्छ । उनले, बैबाहिक जीवनमा बाँधिएको दिनका २ वटा तस्वीरबाहेक अरु आशिषसँगका तस्वीर हटाएकी छिन् ।

नेपाल आएपछि पनि वर्षाले आशिषसँगका कुनै पनि तस्वीर पोष्ट गरेको देख्न सकिदैन । यसले, बिहे गरेको केही महिनामा नै उनीहरुको सम्बन्धमा खटपट आएको त होइन भन्ने आशंका पैदा गरेको छ । यस बिषयमा त अझ स्पष्ट रुपमा वर्षाले नै मिडियालाई जानकारी गराउलिन् । वर्षाले आशिषसँग बैशाख ९ गते काठमाडौंको एक पार्टी प्यालेसमा सिमित आफन्तको उपस्थितीमा बिहे गरेकी थिइन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।