सम्बन्ध विच्छेद गर्दै लोक दोहोरी गायिका ‘जेरी’

सम्बन्ध विच्छेद गर्दै लोक दोहोरी गायिका ‘जेरी’

चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् ।

बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ । ‘हिजो उहाँहरुको निवेदन दर्ता भएको थियो । प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउने कुरा थियो, आउनु भएको छैन’ अदालत स्रोतले भन्यो ‘आउनु भयो भने आइतबार प्रक्रिया पुरा होला ।’

करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरुको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।

Europass CV in Nepal

काठमाडौं जिल्ला अदालतमा अहिले जेरी र शंकरबीचको डिभोर्स केस चलिरहेको छ । हिजो उनीहरू दुवै मुद्दा टुंग्याउन अदालत पुगेका थिए । तर, केही कागजात अपुग भएको भन्दै अदालतले अर्को दिन लिएर आउन भन्यो । अब उनीहरू आइतबार अदालत गएर औपचारिकरूपमा अलग हुने बताएका छन् ।

जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् । विवाहको करिब ६ महिनापछि नै छोरी जन्मिएकी थिइन् । डिभोर्सपछि छाेरी जेरीसँग रहने गरी समझदारी भएको छ । आवश्यकता परेको र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने उनीहरूको डिभोर्स फाइलमा उल्लेख छ । सम्पत्तिको बाँडफाँटको विषय भने प्रष्ट भएको छैन ।

जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । उनीहरू दुवै काठमाडौंमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । करिब एक महिनादेखि भने उनीहरू अलग-अलग बस्न थालेको स्रोतले बताएको छ ।

नेपालको लोकदोहोरीमा जेरी निकै नाम चलेकी सफल कलाकार हुन् भने उनीसँग सम्बन्ध जोडिएकै कारण शंकर पनि यस क्षेत्रमा स्थापित हुन सफल भएका थिए । जेरी र शंकरका लाइभ दोहोरी निकै हिट छन् । कृष्ण कँडेलको इन्द्रेणी दोहोरी साँझमा उनीहरूले गाएका दोहोरीले व्यापक भ्यूज पाएका छन् ।

उनीहरू दुवैले मिलेर आफ्नै जुनकिरी दोहोरी साँझ सञ्चालन गरिरहेका थिए । त्यसको रेखदेख शंकरले गर्थे । श्रीमान्‌सँग विवाद बढेसँगै जेरीले हालैमात्र आफ्नै एकल स्वामित्वमा चाहना दोहोरी साँझ सञ्चालनमा ल्याएकी छन् । केही दिनअघि उनले उक्त दोहोरी साँझको उद्घाटन गरेकी थिइन् । स्रोतका अनुसार विवाह गरेदेखि नै उनीहरू एक-अर्काप्रति शंकालु हुन थालेका थिए ।। डिभोर्सको मुद्दा शंकरले दायर गरेका हुन्

Europass CV in Nepal