मुख्य सामग्रीमा जानुहोस्
Monday, 14 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

लालसलाम पनि हामी नै हौँ, जय नेपाल पनि हामी नै हौँ : प्रधानमन्त्री देउवा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रणालीलाई बचाउन गठबन्धन आवश्यक रहेको बताएका छन्। गठबन्धनको विरुद्धमा ठूलो तागत लागेको उनको भनाइ छ।

बुटवलमा आयोजित ५ दलीय गठबन्धनको संयुक्त भेलामा सम्बोधन गर्दै उनले राजावादीले नै आफूलाई राष्ट्रवादी भन्न थालेको बताए। ‘अहिले भन्न थालिसके, राजावादी तागत नै राष्ट्रवादी हो भन्न थालिसके। हद हुन्छ नि! हामी को अर्राष्ट्रिय छौँ यहाँ? राजावादी नै राष्ट्रवादी भन्ने होइन। असली मानेमा राष्ट्रवादी पनि हामी हौँ। प्रजातन्त्रवादी पनि हामी हौँ। समाजवादी पनि हामी हौँ। त्यसैले लालसलाम पनि हामी हौँ, जय नेपाल पनि हामी हौँ, अभिवादन पनि हामी हौँ’, उनले भने।

देउवाले अहिलेको गठबन्धनलाई कुनै पनि बहानामा एक अर्का पार्टीप्रति शंका उपशंका गराउने काम गर्न नहुने बताए। ‘हामीले गठबन्धनका पार्टीहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतका पार्टीलाई कुनै पनि किसिमको शंका र उपशंका गराउनु हुँदैन। उहाँहरुलाई शंका लाग्न दिनुहुँदैन’, उनले भने।

देउवाले अत्यन्तै उदार हृदयका साथ एक अर्कालाई शंका उपशंका हुन नदिनका लागि कांग्रेसले सबैभन्दा बढी माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका लागि लाग्नुपर्ने बताए। ‘उहाँहरुले पनि लाग्नुहुन्छ भन्ने विश्वास छ। एकअर्कालाई विश्वास दिलाउन बढीभन्दा बढी लागेको खण्डमा हामीहरुमा कुनै अविश्वास रहनेछैन’, उनले भने।

देउवाले भ्रम सिर्जना गर्ने काम नगर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे। नत्र सबैभन्दा बढी नोक्सान कांग्रेसलाई नै हुने उनको भनाइ छ। त्यो आफूले देखिसकेको उनले बताए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।