संस्कृतग्राम : एउटा गाउँका सबै जना संस्कृत भाषा बोल्छन्

संस्कृतग्राम : एउटा गाउँका सबै जना संस्कृत भाषा बोल्छन्

भारतको असामको एउटा गाउँका सबै जना संस्कृत भाषा बोल्छन् । ‘संस्कृतग्राम’ भनेर चिनिने त्यो गाउँका बासिन्दाले सन् २०१५ देखि संस्कृत भाषामै दैनिक व्यवहार गर्दै भाषिक आदान-प्रदान गर्ने गरेका छन् ।

कारिम्गञ्ज जिल्लाको पटियला गाउँका ६० परिवारका झन्डै ३०० जनाले संस्कृत भाषालाई बोलचालको भाषाका रूपमा अङ्गीकार गरेका छन् । चाहे बालक होस् या वृद्ध सबै संस्कृत भाषामा बोल्छन् । यो गाउँका सबैलाई खुसी संस्कृतवक्ताको गाउँ भनेर चिनिन्छ । गाउँलेले आउने नयाँ पुस्ताले यसलाई निरन्तरता दिने र भाषिक चिन्तनको विकास गर्ने लक्ष्य राखेर याे अभियान चलाएको बताउँछन् ।

अत्यन्त प्राचीन र समृद्ध भाषा तर दैनिक व्यवहार र बोलिचालीका हिसाबले लुप्त हुँदै गएको भाषाको जनस्तरबाटै सम्वर्द्धन गर्ने उद्देश्यले याे अभियान चलाइएको र सन् २०१३ देखि त्यो गाँउमा नियमितरूपमा दैनिक योग शिविरसमेत आयोजना गरिँदै आएको छ ।

Europass CV in Nepal

स्थानीय दीपनाथ जो योग प्रशिक्षक पनि हुन्, उनले याे अभियानबाट नयाँ पुस्तामा आफ्नो योगजीवन र प्राचीन भाषाको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्छन् । त्याे गाउँमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योग शिविर सञ्चालन हुन्छ । त्यो शिविरमा पनि संस्कृत नै बोलिन्छ । त्यसैगरी प्रत्येक महिना गायत्री यज्ञ आयोजना गरिन्छ र सबैले त्यसमा सहभागिता जनाउँछन् ।

साठी परिवार मध्ये प्रायः सबै कृषि कर्ममै संलग्न छन् । मात्र १५ जना अन्य रोजगारीमा आबद्ध छन् । छिमेकी गाउँ अनिपुरबस्तीमा पनि यस्तै अभ्यास गर्न लागिएको दीपनाथले बताउँछन् । विपुल ज्ञानभण्डार भएको संस्कृत भाषा अहिले जनस्तरबाट उपेक्षित देखिन्छ भने राज्यस्तरबाट समेत त्यति ध्यान दिइएको पाइँदैन । तर स्थानीयस्तरबाट भाषिक संरक्षणमा चलाइएको अभियान चारैतिरबाट प्रशंसित छ ।

 

Europass CV in Nepal