एमालेमा गएका माओवादीलाई ‘घर फर्काउ’ अभियान सुरु

एमालेमा गएका माओवादीलाई ‘घर फर्काउ’ अभियान सुरु

कमिरेचौर । नेकपा माओवादी केन्द्रले दाङकाे बंगलाचुलीमा पार्टी प्रवेश तथा घर फर्काउ अभियान शुरू गरेकाे छ ।साे अभियान अन्तर्गत माओवादी परित्याग गरि अन्यत्र गएकाहरूलाई पुनः पार्टीको जिम्मेवारीमा फर्काउने काम शुरू भएकाे माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे । उहाँका अनुसार अभियान अन्तर्गत अन्य पार्टीमा रहेका इमान्दार नेता तथा कार्यकर्ताहरूलाई पनि माओवादीमा प्रवेश गराइने छ ।

यश अघि जिल्लामा अभियान नैै सञ्चालन गरेर पार्टीमा फर्काउने काम शुरू गरेकाे माओवादीले अहिले बंगलाचुलीलाई विशेष ध्यान दिएकाे छ । केही समय देखि माओवादीबाट एमालेमा प्रवेश गर्नेहरूकाे संख्या बंगलाचुलीमा चलेकाे छ । “हाम्राे पार्टीका इमान्दार नेता तथा कार्यकर्तालाई ललाईफकाई, प्रलाेभन र भ्रममा पारेर प्रवेश गराउन थालेका छन्,” आचार्यले भन्नुभयाे, “मुक्तिगामी जनता र इमान्दार कार्यकर्ताकाे भलाे माओवादीबाट मात्र हुन सक्छ ।”

पार्टीमा फर्कने तथा अन्य पार्टीबाट प्रवेश गर्नेहरूलाई उचित जिम्मेवारी दिइने आचार्यकाे भनाइ छ ।यसैबीच बंगलाचुली गाउँपालिका वडा न २ टाकुराबाट एमालेका पालिका कमिटी सदस्य दिल बहादुर घर्ती र पाराश्वर पुन एमाले परित्याग गरि माओबादी केन्द्रमा प्रबेश गर्नु भएको छ ।

Europass CV in Nepal

नेकपा एमालेले इमानदार कार्यकर्ता लाई पाखा लगाउदै अबसरबादी हरुलाई भित्र्याइ उनिहरुलाइ अबसर दिन थालेपछी आफुहरु पार्टी परित्याग गर्न परेको दिलबहादुर घर्तिले बताउनु यो । साथै देशको संबिधानको रक्षा गर्न र देशको बिकास गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनलाई अनिवार्य विजयी गराउनका लागि उहाले आह्वान समेत गर्नु भएको छ ।

नेकपा माओबादी केन्द्र बंगलाचुली वडा न २ कमिटी अध्यक्ष मेघराज घर्तीको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती दाङका सचिव विश्वराज आचार्यको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी) दाङला जिल्ला संयोजक गिर बहादुर महराको आतिथ्यतामा सम्पन्न भएको हो ।

 

Europass CV in Nepal