२०२२ की विश्व सुन्दरी क्यारोलिना बिलवस्का नेपाल आउने

२०२२ की विश्व सुन्दरी क्यारोलिना बिलवस्का नेपाल आउने

यसवर्षकी विश्व सुन्दरी क्यारोलिना बिलवस्काले नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेकी छन् । आफूलाई नेपालको प्राकृतिक सौन्दर्यबारे जानकारी रहेको बताउँदै एकदिन अवश्य घुम्न आउने बताएकी छन् । लण्डनमा सम्पन्न दिगो विकासका लागि विश्वव्यापी लगानी सम्मेलनमा उपस्थित संचारकर्मीसँग कुरा गर्दै उनले आफूलाई हिमाल र गौतम बुद्धको देश घुम्ने इच्छा भएको बताएकी हुन् । क्यारोलिनँगै मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरेकी पूर्वमिस नेपाल नम्रता श्रेष्ठले प्रस्तुत गरेको व्यूटी विथ पर्पसको चिनारी भिडियोको स्मरण समेत उनले गरिन् ।

झण्डै ६ महिनायता विश्वका विभिन्न देश घुमेर त्यहांको कला संस्कृति अनि मानिसहरूको रहनसहन बुझ्न पाउनु आफ्ना लागि ठूलो उपलब्धि भएको पनि उनले सुनाइन् । नेपालको सुन्दरताको बारेमा धेरै नै सुनेको अनि हिमाललै हिमाल र गौतमबुद्धको देशमा पुग्ने ठुलो रहर भएको बताएकी थिइन् ।

‘मलाई नेपालबारे धेरै जानकारी छ । मिस वर्ल्ड नेपालले प्रतियोगिताका बेला प्रस्तुत गरेको वृत्तचित्र र उनको प्रस्तुति मलाई निकै राम्रो लागेको थियो’, लन्डनस्थित डोरचेष्टर होटलमा आयोजित ‘दिगो विकासका लागि विश्वव्यापी लगानी’ सम्मेलनका क्रममा विश्व सुन्दरीले भनिन्, ‘मलाई हिमालै हिमाल र गौतम बुद्धको देशमा पुग्ने धोको छ, एक दिन अवश्य जानेछु ।’

दिगो बिकासका लागि विस्वब्यापि लगानि गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलन सिसि फोरमको ८ औ सस्करण अक्टोबर १७ देखि अक्टोबर २० सम्म चलेको थियो । उक्त सम्मेलनमा विस्वको थुप्रै देशबाट विभिन्न लगानिकर्ताहरुको उपस्थिति थियो । सम्मेलनमा छिटैनै युरोप र यशियाका विभिन्न देशमा उडान सन्चालनमा ल्याउनको लागि तयारी गरिरहेको एरलाइन्स हिमालय जेटको निर्देशक दीपेन्द्र गुरुङको निमन्त्रणामा आएकि मिस वल्ड २०२२ को उपाधि जितेकि पोलाण्डकि २३ वर्षिया सुन्दरी क्यारोलिना बिलवस्काले आफु चाडैनै नेपाल आउने बताएकि हुन ।

उनको यो रहरलाई नेपाल लगायत विभिन्न युरोप र यसियालि देशमा संचालन हुन लागेको हिमालय जेटले पुरा गरिदिने भएको छ । हिमालय जेट र मिस वल्ड आयोजकसँग छिट्टै नै सम्झौता हुने हिमालय जेटका निर्देशक दिपेन्द्र गुरुङले बताए । मिस वल्डको उपस्थितिले नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भुमिका खेल्ने र नेपालकै प्रचारप्रसारकालागि नै यो प्रयत्न गरेको गुरुङ बताउँछन् । मिस वल्ड फोरम मार्फत हामि नेपालमा पर्यटन प्रबर्द्धन र वैदेशिक लगानीका लागि विश्वका लगानि कर्ता हरुलाई नेपालमा लगानी गर्न प्रेरित गर्ने उदेश्य बोकेको गुरुङले बताए ।

मिस वर्ल्डकी अध्यक्ष एवम् सीईओ जुलिया एभलिन मोर्ली सीबीआरका छोरा कार्यकारी निर्माता स्टीफन मोर्लीले भने, ‘हाम्रो ७१ औं संस्करणका लागि हामी आयोजक राष्ट्रको रूपमा सिंगापुर, जापान वा पोल्याण्डलाई अन्तिम रूप दिइरहेका छौं र ७२ औं संस्करण हामी हिमालय क्षेत्रमा गर्न गइरहेका छौं । आगामी कार्यक्रम ऐतिहासिक हुनेछन् र मिस वर्ल्डका साथै ब्युटी विथ पर्पस नयाँ उचाइमा जाने विश्वास छ ।’