नेकपा एमाले मधेस विरोधी शक्ति हो : माधव नेपाल

नेकपा एमाले मधेस विरोधी शक्ति हो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मधेस विरोधी शक्ति भएको बताए । पाँचदलीय गठबन्धनका कार्यकर्ताको भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले मधेसविरोधी शक्ति भएको दाबी गरेका हुन् ।

‘केपी ओली मुलुकको लागि झनै खतरनाक व्यक्ति हुन् । उनलाई परास्त नगरेसम्म गठबन्धन बलियो हुँदैन । गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा रहेको छ । त्यसैले एकताबद्ध भएर गठबन्धनको पक्षमा मतदान गर्नुहोला,’ उनले भने ।

ओलीका भ्रामक कुरामा नपर्न र नअलमलिन कार्यकर्तालाई उनको आग्रह छ । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेको उनको आरोप छ । यसले ओली मधेसविरोधी भएको प्रष्ट हुने उनले बताए । नेपालले गठबन्धनभित्रका समस्या समाधान गर्दै चुनाव जित्नतिर लाग्नुपर्ने धारणा राखेका छन् ।