अभिनय गर्न नसक्ने भन्दै जब कट्रिनालाई रिजेक्ट गरियो

अभिनय गर्न नसक्ने भन्दै जब कट्रिनालाई रिजेक्ट गरियो

कट्रिना कैफ बलिउडकी चर्चित नायिका हुन् । आफ्नो प्रतिभा र ग्ल्यामरस स्टाइलका कारण कट्रिनाले बलिउड इन्डस्ट्रीमा राम्रो पहिचान बनाइसकेकी छिन। उनको बलिउड यात्रा भने सहज थिएन। हिन्दी भाषा राम्रोसंग बोल्न नसक्ने कट्रिना कैफले धेरै कठिनाइपछि यो चर्चा पाएकी हुन् । करियरको सुरुवातमा उनले धेरै ठाउँमा अस्वीकृतिको सामना पनि गर्नु परेको थियो । एक अन्तर्वार्तामा उनले आफूलाई फिल्मका लागि एक पटक शट दिएपछि कसरी फिल्मबाट निकालिएको बताएकी छन् ।

आफ्नो नयाँ अन्तर्वार्तामा कट्रिना कैफले फिल्म सायाको छायांकनमा एक शट दिएपछि आफूलाई रिप्लेस गरिएको बताएकी छन् । उनी रोइरहेकी थिइन् र उनलाई भनियो  उनी अभिनेता बन्न सक्दैनिन्। फिल्म निर्माता पक्षले उनलाई  क्षेमता नभएको अभिनय गर्न नसक्ने भनेर फिर्ता गरिदिएका थिए।

बलिउड बबलसँगको कुराकानीमा कट्रिनाले भनिन्, ‘मलाई साया नामको फिल्मबाट निकालियो ।  अनुराग बसुले निर्माण गरेको यो फिल्ममा जोन अब्राहम र तारा शर्माले अभिनय गरेका थिए । त्यतिबेला मेरो जीवन सकियो जस्तो लागेको थियो, कट्रिनाले भनिन्।

‘मलाई लाग्छ एक कलाकारको हैसियतले सबैले रिजेक्टको सामना गर्नुपर्छ । कुनैन कुनै समयमा सबै कलाकार एक न एक पटक रिजेजेक्त भएकै हुन्छन।   हुनसक्छ सबैले होइन, तर धेरै कलाकारले अस्वीकारको सामना गर्नेछन् र सुन्नेछैनन्अ, भिनेत्री कट्रिनाले थपिन, ‘त्यसपछि तपाईलाई अभिनेता बन्न चाहनुको कारण जगाउनु पर्छ।’ उनको जीवनमा यो पनि भएको छ कि मानिसहरूले उनको अनुहारमा तिमी अभिनेता बन्न सक्दैनौ  तिमी भित्र केही राम्रो छैन समेत भनेका थिए। उनिभन्छिन्, ‘त्यो बेला म धेरै रोएँ, त्यसैले रोएर मद्दत गर्छ। तर त्यसकारण तपाईले आफ्नो दृष्टिलाई समात्नु पर्छ, कडा परिश्रम गर्नु पर्छ र लचिलो हुनुपर्दछ।

कट्रिना कैफले सन् २००३ मा फिल्म बुमबाट बलिउडमा डेब्यु गरेकी थिइन्  जुन  फिल्म फ्लप  भएको थियो । त्यसपछि उनी राजनीति, टाइगर जिन्दा है, जिरो, जब तक है जान, अजब प्रेम की गजब कहानी र नमस्ते लन्डनमा देखिएका थिए। सायाको कुरा गर्दा यो फ्यान्टेसी रोमान्स फिल्म थियो । यो हलिउड फिल्म ड्र्यागनफ्लाइ को नक्कल गरेर बनाइएको थियो। फिल्मलाई अनुराग बसुले निर्देशन गरेका थिए भने महेश भट्टले निर्माण गरेका थिए । कट्रिना चाँडै नै फिल्म जी ले जरामा देखिनेछिन् । उनको फिल्म फोन भूत पनि नोभेम्बर ४ मा रिलिजको तयारीमा छ ।