मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

विवाह गर्ने कुनै योजना छैन : कट्रिना

Himali Patrika 1 मिनेट पढाइ

बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ । केही समय यता प्रेममा रहेको खबरकै बीच यी दुईको विवाहको खबर मिडियामा आएको छ ।

भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे बन्धनमा बाँधिने तयारी रहेको जनाएका छन् । तर, एक अनलाइनसँग कट्रिनाले कुरा गर्दै यो हल्ला मात्र रहेको जनाएकी छिन् ।

उनले कुरा गर्दै गत १५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुन्ने गरेको बताएकी छिन् । ‘मलाई आफै थाहा छैन कि यो हल्ला किन फैलिरहेको छ,’ उनले कुराकानीको क्रममा भनेकी छिन्, ‘अहिले नै विवाहको कुनै योजना छैन।’

यद्यपि भारतीय सञ्चार माध्यमले यी दुईले विवाह गर्ने संकेत गरेको खबर सम्प्रेषण गरिरहेका छन् । गतराती कट्रिना विक्कीसँग सेलिब्रेटी म्यानेजर रेश्मा शेट्टी कहाँ पुगेपछि विवाहको चर्चा बढेको हो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।