मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

यसरी भयो मेयर बालेन साह र पुर्वराजकुमारी हिमानी शाहको भेटे (भिडियो सहित)

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पूर्वराजपरिवार सदस्य हिमानी शाहले भेटेकी छिन् । कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरेको भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानीबीच भेट भएको हो ।

भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेयरमा निर्वाचित भएकामा बधाई दिएकी बालेनको सचिवालयले जानकारी दिएको छ । युवाहरूले राजनीतिमा हस्तक्षेप गरेको दृष्टान्त पेश गरेकामा उनले धन्यवाद समेत दिएकी थिइन् ।

बालेन टिमका एक सदस्यका अनुसार हिमानी शाहले अहिले पूर्वराजपरिवारभित्र बालेनले गरेको कामको चर्चा हुने गरेको बताएकी थिइन । ‘उहाँ (हिमानी शाह) ले पहिले नै भेट्न खोज्नुभएको रहेछ । आज सन्दर्भ परेर भेट भयो । ३–४ मिनेट कुराकानी भएको थियो’, ती सदस्यले भने ।

भेटमा मेयर बालेनभन्दा हिमानीले नै बढी कुरा राखेको सचिवालयको भनाइ छ । ‘काठमाडौं महानगरमा भइरहेको कामको विषयमा धेरै कुरा भयो, राजनीतिको विषयमा खासै कुरा भएन तर उहाँले राजपरिवारमा स्वतन्त्र राजनीतिक शक्तिको चर्चा हुँदा बालेनको विषय सधैं आउने बताउनुभएको थियो’ बालेनको सचिवालयका ती सदस्यले भने ।

हिमानीले बालेनको परिवारबारे पनि चासो राखेकी थिइन् । उनीहरुबीचमा अंग्रेजीमा कुराकानी भएको थियो । कतार दूतावासले गरेको कार्यक्रममा पूर्वराजपरिवारलाई बोलाइनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भिडियो दृश्यमा बालेन साहले नमस्ते गर्छन। हिमानीले आफ्नो हातमा रहेको बस्तुलाई भुइँमा राखेर हतारहतार नमस्ते फिर्ता गर्छिन्।

भिडियो

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।