दाङ एमालेमा पहिराे – दुई दर्जन बढी एमाले कार्यकर्ता माओवादी प्रवेश

दाङ एमालेमा पहिराे – दुई दर्जन बढी एमाले कार्यकर्ता माओवादी प्रवेश

घाेराही, ७ कार्तिक । केही समय पहिले पार्टी प्रवेश अभियान सञ्चान गर्न थालेकाे एमालेमा निर्वाचन नजिकिएसँगै पहिराे जान थालेकाे छ । माओवादीले पार्टी प्रवेश तथम घर फर्क अभियान शुरू गरेसँग एमाले छाडेर माओवादी प्रवेश गर्नेक्रम बढेकाे छ । विभिन्न प्रलाेभन, आश्वासन र भ्रममा परि एमाले प्रवेश गरेका कार्यकर्ताहरू पनि माओवादीमै फर्कन थालेका छन् ।

यसै क्रममा घोराही उपमहानगरपालीका वडा नम्बर ९ भगुवारमा नेकपा एमाले परित्याग गरि २८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।पार्टी प्रवेश गर्नेहरूलाई दाङ क्षेत्र नम्बर २ की गठबन्धनकी साझा उम्मेदवार रेखा शर्माले स्वागत गर्नुभएकाे थियाे ।

उहाँले जनताकाे मुक्ति एमालेबाट सम्भव नभएकाले त्याे पार्टीमा इमान्दार नेता तथा कार्यकर्ताकाे भविष्य नभएकाे बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्र ९ का वडा अध्यक्ष माघु चौधरी र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तुल्सी डागी मीलनको समेत उपस्थिति रहेको युवा नेता हरि डिसीले जानकारी दिनुभयो ।

प्रवेश गर्नेहरूकाे नाम