मुख्य सामग्रीमा जानुहोस्
Monday, 14 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रोटरी क्लब अफ घोराही र काभ्रे भ्यालीको आयोजनामा कैदीबन्दी हरुको दाँत परिक्षण

Himali Patrika 1 मिनेट पढाइ

दाङ। रोटरी क्लब अफ घोराही र रोटरी क्लब अफ काभ्रे भ्यालीको संयुक्त आयोजनामा दाङका कैदीबन्दी हरुको दाँत परिक्षण गरिएको छ ।
रोटरी क्लव अफ दाङ शाखाका अध्यक्ष ओबिन्द्र बहादुर महराको अध्यक्षता तथा जिल्ला कारागार घोराहीका प्रमुख बासुदेव खनालको प्रमुख आतिथ्यमा दाङको घोराही स्थित कारागारमा रहेका ५३ जना कैदीहरुको आज दाँत परिक्षण गरिएको हो ।

डिनोभा डेन्टल क्लिनिक घोराही र सुप्रिम डेन्टल कियरको प्राबिधिक सहयोगमा सम्पन्न भएको १ दिने दाँत परिक्षण सिविरमा ३४० जना कैदीबन्दीलाई डेन्टल किड समेत वितरण गरिएको रोटरी क्लव अफ घोराहीका सचिव डाक्टर बोम बिसीले बताए ।

सामाजिक कार्यमा सक्रिय संस्था रोटरी क्लवले आयोजना गरेको दाँत परिक्षण कार्यक्रममा डाक्टर चेतनारायण पाण्डेय, डाक्टर प्रिया श्रेष्ठ र डाक्टर मुना थापाले दाँत परिक्षण तथा उपचार गर्नुका साथै आवश्यक परामर्श दिएका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष अनुप कुमार श्रेष्ठ, ससत्र प्रहरी नायाव उपरीक्षक होम राज न्यौपानेको बिशेष उपस्थिति रहेको कार्यक्रममा रोटरी क्लव अफ दाङका पूर्व अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रोटरी क्लव अफ दाङका सचिव डाक्टर बोम बिसीले गरेका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।