सोमबार ओमिक्रोन संक्रमण देखिएको दुई जनाको मंगलबार रिपोर्ट नेगेटिभ !

सोमबार ओमिक्रोन संक्रमण देखिएको दुई जनाको मंगलबार रिपोर्ट नेगेटिभ !

काठमाडौं । सोमबार दक्षिणी अफ्रिकी मुलुकबाट नेपाल आएका एक विदेशी नागरिकसहित एक नेपाली नागरिकको पीसीआर परीक्षण गराउँदा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको थियो ।

तर, आज मंगलबार उनीहरुको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार टेकु प्रयोगशालामा गरिएको जिन्ससिक्वेन्सिङमा दुवै जनाको ‘ओमिक्रोन’ संक्रमण नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

‘ओमिक्रोन’बाट बच्न विशेष सतर्कता अपनाइदै, ‘एक्सन प्लान टिम’ पनि गठन

Europass CV in Nepal

वीरगन्ज (पर्सा) । नेपालमा समेत फेला परिसकेको कोरोना भाइरसको तेश्रो भेरिएन्ट एवं ‘ओमिक्रोन’ भित्रिन नदिनका लागि पर्सामा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल–भारत खुल्ला सिमाना एवं मुख्य प्रवेशद्वार वीरगन्ज भएको कारण पर्सा जिल्लामा बढी जोखिम देखिएकोले गत साता बेसेको सीसीएमसीको बैठकबाट सीमा नाकामा विशेष सतर्कता अपनाउने निर्णय भएको थियो ।

बैठकमा निर्णय भए अनुसार गत चार–पाँच दिनदेखि वीरगन्ज भन्सार क्षेत्रमा स्थापित हेल्थ डेक्समा नेपाल प्रवेश गर्ने यात्रुहरुको स्वास्थ्य परीक्षण गर्ने कार्यलाई तीव्रता दिइएको छ । ओमिक्रोन भाइरस छिमेकी मुलुक भारतको विभिन्न प्रान्तमा देखा परिसकेको कारण दैनिक आवत जावत गर्ने बाहेक शंकास्पद स्थानबाट आउने यात्रुहरुलाई पीसीआर परीक्षण गर्ने कार्य भइरहेको छ ।

वीरगन्ज भन्सार हुँदै ओमिक्रोन भाइरस फेला परिसकेको भारतको कर्नाटकलगायतका राज्यहरुबाट आउने यात्रुहरुलाई पीसीआर चेकजाँच गरेर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ ।

कोरोना संक्रमणको पहिलो एवं दोश्रो चरणको महामारीको बखत कोरोनाको हटस्पट नै बनेको पर्सा जिल्लामा तेश्रो भेरिएन्टको संक्रमणलाई रोक्न विशेष सुरक्षा सर्तकता अपनाइने संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकबाट निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

अर्कोतर्फ ओमिक्रोनलाई भित्रिन नदिन स्वास्थ्य, सुरक्षा एवं प्रशासनिक निकायका व्यक्तिहरु सम्मिलित एक्सन प्लान टिम पनि गठन गरिएको छ, जसले यस भाइरसलाई पर्सामा भित्रिन नदिन काम गर्नेछ । अहिले पनि भारतको कर्नाटकलगायतका प्रदेशबाट आउने यात्रुहरुलाई चेकजाँच गरेर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ ।

Europass CV in Nepal