कात्तिक ८, घोराही । घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा मध्यरातिमा भीषण आगलागी भएको छ । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको र आगलागीबाट २ करोड बढि क्षति भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपि बिरबहादुर ओलिले जानकारी दिए । राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब ७ बजे नियन्त्रणामा आएको एसपी ओलिले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । घटना बिबरणसहित त्यसको क्षतिबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ । तिहारको लक्ष्मीपूजामा बालिएको झिलिमिली बत्तिमा बिद्युत सर्ट हुँदा आगलागी भएको हुन सक्ने आशंका गरिएको एसपि ओलिले बताए ।