मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

दाङबाट प्रतिगामीहरूकाे ढाड सेक्छाैं : माओवादी नेत्री शर्मा

Himali Patrika 1 मिनेट पढाइ

घाेराही, १२ कार्तिक । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री रेखा शर्माले आगामी मंसिर ४ गतेकाे निर्वाचनमा दाङबाट प्रतिगामी शक्तिहरूकाे ढाड सेकिने बताउनुभएकाे छ ।

दाङ निर्वाचन क्षेत्र नं २ बाट सत्तारूढ दलहरूकाे तर्फबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार समेत रहनुभएकी शर्माले दाङमा गठबन्धनकाे जित सुनिश्चित भएकाे बताउनुभयाे । “हामी दाङलाई समृद्ध बनाउन चाहन्छाैं, दाङकाे विकासकाे स्पष्ट खाका हामीसँग छ,” उहाँले भन्नुभयाे, “मतका हिसाबले प्रतिगामी गठबन्धन भन्दा धेरै अघि छाैं, एमाले दाङमा तीब्र असन्तुष्टि देखिएकाे छ, त्याे मत पनि हामीलाई आउँछ ।”

एमाले नेता शंकर पाेखरेल अध्ययन मननमा राम्रै नेता भए पनि जनताकाे प्रतिनिधि भएर जनताकाे सेवा गर्ने नेचरकाे नभएकाे शर्माकाे भनाइ छ । “दाङमा उहाँले निर्वाचन जितेकाे भन्दा हारेकाे ईतिहास धेरै छ,” शर्माले भन्नुभयाे, “यसपटक पनि उहाँले निर्वाचन जित्ने कुनै आधार छैन ।”

टिकट वितरणमा एमालेल इमान्दार तथा पुराना नेता कार्यकर्तालाई पाखा लगाएर अवसरवादीहरूलाई काखि च्यापेकाे उहाँको आराेप छ ।

नेपाली काङ्ग्रेसका नेता एवम् प्रदेशसभा २ (१) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले मंसिर ४ पछि पनि पाँच वर्ष नै एमाले सरकार बाहिर बस्ने बताउनुभयो । उहाँले साढे तीन वर्ष मुख्यमन्त्री हुँदा शंकर पाेखरेलले कुनै गतिलाे काम गर्न नसकेकाे बताउनुभयाे ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।