अबको प्रधानमन्त्री प्रचण्ड नै हुने डा. बाबुराम भट्टराईको घोषणा

अबको प्रधानमन्त्री प्रचण्ड नै हुने डा. बाबुराम भट्टराईको घोषणा

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालसहित पुगेका भट्टराईले यस्तो बताएका हुन् ।

०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बताए ।तर अब पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने उनले बताए । ‘अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु, ‘ उनले भने ।

आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको र केही बाँकी रहेको पनि उनले बताए । यस्तै, गठबन्धनको सरकार पाँच वर्ष चल्ने र अबको प्रधानमन्त्री पुष्पकमल दाहाल हुने उनले बताए । ‘प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो,’ उनले भने, ‘अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो ।’

Europass CV in Nepal

यस्तै, प्रदेशसभामा कांग्रसका सुरेन्द्रराज पाण्डे उठेको र उनको जित हुने उनले बताए । अबको मुख्यमन्त्रीमा पाण्डेको सम्भावना रहेको उनले बताए । माओवादी अध्यक्ष दाहाल प्रतिनिधिसभा र कांग्रेसका पाण्डे प्रदेशसभा सदस्यमा गोरखा २ बाट आगामी मंसिर ४ मा निर्वाचनमा उठेका छन् ।