मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रदेश राजधानी भालुवाङबाट नयाँ नेतृत्व छान्दै माओवादी केन्द्र

Himali Patrika 1 मिनेट पढाइ

दाङ।  माओवादी केन्द्रले यहि मंसिर २५ र २६ गते दाङको भालुवाङमा पार्टीको प्रदेश सम्मेलन गर्ने भएको छ । लुम्विनी प्रदेशको स्थायी राजधानी भालुवाङ घोषणा पछि सो ठाउँमा पार्टीको अधिवेशन गर्नेमा माओवादी नै पहिलो पार्टी बनेको छ ।

प्रदेशका १२ जिल्लाबाट १ हजार बढि प्रतिनीधिहरु सहभागि हुने सो सम्मेलनबाट माओवादीले नयाँ नेतृत्व छान्दै छ । कार्यकारी जिल्ला समितिको संरचनालाई हटाई पालिका र प्रदेश कमिटीलाई कार्यकारी बनाउन थालेको माओवादीको यो सम्मेलनलाई निकै महत्वपूर्ण मानिएको छ ।

यस अघि प्रदेशका १०९ वटै पालिकाको सम्मेलन सम्पन्न गरिसकेको माओवादीले हरेक पालिकाबाट १ जना प्रतिनिधित्व हुने गरी प्रदेशमा नेता चुनिने व्यवस्था विधानमा गरेको छ । २०५ जनाको कार्यसमिति हुने प्रदेश कमिटीमा करिब ७० जना महिला अनिवार्य पर्ने व्यवस्था रहेको नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज तथा सम्मेलन प्रचार-प्रसार उपसमितिका संयोजन जीवन गौतम बताउनु हुन्छ ।

गौतमका अनुसार कमिटीमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र हरेक पालिकाबाट कम्तिमा १ जना अनिवार्य हुने व्यवस्था गरिएको छ । संघीयताको प्रमुख हिस्सेदार माओवादी केन्द्रले अब स्थानीय पालिकालाई बलियो बनाउन प्रदेशस्तरबाट नीति निर्माण गर्ने भएको छ भने यसअघि जिल्ला कमिटीमा रहेका नेताहरुलाई पालिकाको नेतृत्व गर्ने गरी केन्द्रित गरेको छ ।

पार्टीको आन्तरिक जीवनमा जिल्ला कमिटीलाई भङ्ग गरी पार्टीको सांगठनिक संरचनामा क्रमभङ्ग गरेको माओवादीले संघीयतालाई बलियो बनाउने गरी पार्टीको आन्तरिक जीवनलाई सुदृढ र व्यवस्थित बनाउन थालेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।