दाङमा गठबन्धनका उम्मेदवार भन्छन्, ‘भ्रमकाे खेती एमालेले मात्र गर्छ, हामी गर्दैनौं’

दाङमा गठबन्धनका उम्मेदवार भन्छन्, ‘भ्रमकाे खेती एमालेले मात्र गर्छ, हामी गर्दैनौं’

घाेराही । दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा २ (१) र २(२) का गठबन्धनका साझा उम्मेदवारहरूले एमालेले भ्रमकाे खेती गरिरहेकाे बताएका छन् ।

उनीहरूले गठबन्धन सरकारले गरेका विकासका कामलाई एमालेले आफूले गरेकाे भन्दै भ्रम छरिरहेकाे बताएका हुन् । आफ्नाे निर्वाचन क्षेत्रका मतदाताहरूसँगकाे भेटमा गठबन्धनका उम्मेदवारहरूले संघीय तथा प्रदेश सरकारले गरेका विकासका कामहरूलाई स्थानीय सरकारले गरिरहेकाे भन्दै भ्रम छरिरहेकाे बताए ।

प्रतिनिधिसभा सदस्य दाङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार एवम् पूर्वमन्त्री रेखा शर्मालले दाङमा माओवादी र काङ्रेस सरकारमा हुँदा धेरै विकास निर्माणकाे काम भएकाे बताउनुभयाे । “हामीले गरेकाे विकासलाई एमालेले आफूले गरेकाे भनेर भ्रमकाे खेती गरिरहेकाे छ,” उहाँले भन्नुभयाे, “दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राविधिक कलेजहरू, इञ्जिनियरिङ कलेज लगायतका पूर्वाधार हामीले ल्याएका हाैं ।”

Europass CV in Nepal

प्रदेशसभा दाङ २ (१) का उम्मेदवार राजु खनालले घाेराही-तुलसीपुर सडक खण्ड निर्माणकाे ठेक्कामा एमालेका नेताहरू जाेडिएकाले काम अलपत्र परेकाे बताउनुभयाे ।

प्रदेशसभा दाङ २ (२) का उम्मेदवार प्रचण्डविक्रम न्याैपाने “गुन्टु” ले एमालेले दाङकाे विकासका लागि कुनै गतिलाे याेजना ल्याउन नसकेकाे आराेप लगाउनुभयाे ।