काठमाडौं। भारतीय क्रिकेटका पूर्वकप्तान विराट कोहली यतिबेला अष्ट्रेलियामा छन्। टी-२० विश्वकप खेलका लागि उनी पत्नी अनुष्का शर्मासहित अष्ट्रेलियामा रहेका कोहलीको ‘बेडरुम’ यतिबेला सामाजिक सञ्जालमा भइरल बनेको छ।
कोहली बसेको होटलको ‘बेडरुम’ त्यहाँ कार्यरत कर्मचारीले सामाजिक सञ्जालमा हालिदिएको बताइएको छ। कोहलीले उक्त हर्कतलाई नजरअन्दान नगरिने चेतावनी दिएका छन्। कोहलीलेमात्रै होइन, पत्नी अनुष्काले पनि कडा शब्दमा निन्दा गरेकी छन्।
अनुष्काले आफ्नो इन्स्टाग्राम स्टोरीमा भिडिओको स्क्रीनशट सेयर गर्दै लेखेकी छन्, ‘केही घटनाहरू अनुभव गरेकी छु। यो भिडिओले केही नराम्रो कुरा देखाएको छैन तर यो वास्तमै सबैभन्दा नराम्रो कुरा हो। एक मानव जातिको पूर्ण अपमान र उल्लङ्घन हो। जसले सेलिब्रेटी हो त्यसैले यस्तो कुरा भइरहन्छ भनेर सोच्नुहुन्छ भने तपाईंहरू पनि समस्यामा पर्न सक्नुहुन्छ। यदि यो तपाईंको कोठामा भइरहेको छ भने के गर्नुहुन्छ? यस्ता कुरा रोक्नको लागि आत्म-नियन्त्रण अभ्यासले सहयोग गर्छ,’ उनले लेखेकी छन्।
विराटले आफूलाई मन पर्ने खेलाडीको एक झलक पाउन शुभचिन्तकहरु आतुर रहने भए पनि अर्काको गोपनियतालाई भंग गर्नुजस्तो खराब कुरा केही पनि नभएको बताए। ‘यदि होटलको कोठामा मलाई गोपनियता मिल्दैन भने अरु कुनै पनि कुरामा गोपनियता अपेक्षा गर्न सक्दिनँ। म यस कुराबाट सहमत छैन,’ उनले भनेका छन्। उनले अर्काको व्यक्तिगत कुरालाई मनोरञ्जनको साधान नबनाउन आग्रह गरेका छन्। ‘अरुको गोपनियताको इज्जत गरौं। त्यसलाई मनोरञ्जनको साधन सम्झेर व्यवहार नगर,’ उनले भने।
आर्थको होटल क्राउन टावर्सले विज्ञप्ति जारी गर्दै यस घटनामा संलग्न सबैलाई बर्खास्त गरिएको जनाएको छ । उनी भारतीय पुरुष क्रिकेट टोली र आईसीसीसँग काम गरिरहेका छन्।
विज्ञप्तिमा भनिएको छ, ESPNCricinfo द्वारा रिपोर्ट गरिएको अनुसार, “हामी संलग्न अतिथिसँग बिना शर्त माफी चाहन्छौं र यस्तो कार्य फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न आवश्यक कदमहरू जारी राख्नेछौं। हामीले तत्काल कदम चालेका छौं। संलग्न व्यक्तिहरूलाई क्राउनबाट हटाइएको छ। उक्त खिचिएको भिडियोलाई सोशल मिडिया प्लेटफर्महरूबाट तुरुन्तै हटाइयो।”
विज्ञप्तिमा थपिएको छ, “क्राउनले तेस्रो एजेन्टहरुसंग छानबिन गरिरहेको छ। यस प्रकारको घटना फेरि नदोहोरियोस् भनेर आवश्यक कदम चालिएको छ। हामी भारतीय क्रिकेट टोली र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग पनि सहयोग गरिरहेका छौं।” हामी माफी माग्न सक्छौं र अनुसन्धान अगाडि बढाउँदा उनीहरूसँग काम गर्न जारी राख्नेछौं।”





