मुख्य सामग्रीमा जानुहोस्
Monday, 14 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

चुनावी मैदानमा उम्मेदवारहरू – किसान भन्छन्, हामीलाई पानी जहाज होइन, समयमा मल दिनुस्

Himali Patrika 1 मिनेट पढाइ

१५ कार्तिक, घाेराही । घाेराही ९ मछाइका स्थानीयबासीहरूले गठबन्धनका उम्मेद्वार समक्ष ठूला याेजना नभएर आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । उनीहरूले केपी ओलीले पानी जहाज, रेल जस्ता तत्काल पूरा नहुने याेजनाका चर्चा गर्ने गरेकाे भन्दै त्याे भन्दा पहिले आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरेका छन् ।

“हामीले धेरै वर्ष भयाे समयमा रासायनिक मल नपाएकाे, कमसेकम समयमा मल दिनुस्,” स्थानीय गाेपाल सुवेदीले भन्नुभयाे, “हामीलाई गर्मीयाममा खानेपानीको पनि निकै समस्या पर्ने गरेकाे छ, त्यसकाे व्यवस्था गरिदिनुस् ।” मछाइमा सडक कालाेपत्रे र पक्की पुलकाे आवश्यकता रहेकाे सुवेदीले जानकारी दिनुभयाे । अर्का स्थानीय अमरबहादुर डाँगीले गाउँमा मिलहरू भए पनि ट्रन्समिटर नहुँदा सञ्चाला गर्न गाह्राे भएकाे जानकारी दिनुभयाे ।

अर्का स्थानीय लक्ष्मी शाहले गाउँमा महिला समूहरूकाे बैठक सञ्चाला गर्न सामुदायिक भवनकाे आवश्यकता भएकाे बताउनुभयाे । प्रदेशसभा दाङ २ (२) का उम्मेदवार प्रचण्डविक्रम न्याैपाने “गुन्टु” जनतालाई विकास र समृद्धिकाे आवश्यक भएकाे बताउनुभयाे । उहाँले गठबन्धनको लक्ष्य नै मुलुककाे समृद्धि भएकले जनताले साथ दिनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

प्रतिनिधिसभा सदस्य दाङ २ का उम्मेदवार एवम् पूर्वमन्त्री रेखा शर्माले उज्यालो नेपाल अभियान आफूहरूकाे नेतृत्वमा भएकाे बताउनुभयाे । उहाँले दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राविधिक कलेज, खाेलाहरूमा पक्की पुल, सडक जस्ता पूर्वाधार काम आफूहरूले ल्याएकाे जानकारी दिनुभयाे ।

“दाङकाे समग्र विकासका लागि हामीले दीर्घकालीन गुरूयाेजना बनाउन आवश्यक छ,” शर्माले भन्नुभयाे, “मुलुककाे आर्थिक विकासका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्छ ।” कृषि उत्पादन बढाउन किसानलाई मल, विउ र कृषि उपज अनुदानमा दिनुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।