अब मैले क्षमता देखाउन नसक्ने फिल्ममा काम गर्दिनँ : वर्षा राउत

अब मैले क्षमता देखाउन नसक्ने फिल्ममा काम गर्दिनँ : वर्षा राउत

नायिका वर्षा राउतको करिअर ‘नाई नभन्नु ल ४ देखि लाखे’सम्म आइपुग्दा उतारचढावमा वितिरहेको छ । वर्षाले करिअरमा आजसम्म उत्कृष्ट काम गरिन् भनेर खासै प्रशंसा भएको छैन । फिल्ममा विशेषगरि, नायकको वरिपरी घुम्ने भूमिकामा नै उनी केन्द्रित छिन् ।

वर्षा आफ्नो करिअर अझै पनि बेष्ट हुन सक्ने तर्क गर्छिन् । यसको पछाडि आफूले पनि एकदमै मिहिनेत गरेर काम नगरेको र काम गराउनेले पनि आफ्नो क्षमता वुझ्न नसकेको उनको भनाई छ ।

वर्षाले भनिन्–‘मैले आजसम्म यसमा बेष्ट काम गरेँ भनेर भन्न सकेकी छैनँ । किनकी, हामीलाई स्क्रिप्ट नै त्यस्तो आएको छैन । राम्रो स्क्रिप्ट खोजेर बस्ने हो भने काम नै नपाउने संभावना हुन्छ । जसकाकारण, आएको भूमिकामा काम गर्नुपर्ने अवस्था छ ।’ वर्षाले अगाडि भनिन्–‘अब मैले क्षमता देखाउन नसक्ने फिल्ममा काम गर्दिनँ । किनकी, सधै गर्नका लागि मात्र काम गरेर अर्थ नहुने रहेछ ।’

Europass CV in Nepal

वर्षाले ‘नाई नभन्नु ल ४, छक्का पन्जा, जात्रा, जात्रै जात्रा, के घर के डेरा’ जस्ता हिट फिल्म त दिएकी छन् । तर, यी फिल्म हिट भएपनि वर्षाको कामको खुलेरै प्रशंसा भने भएको छैन । वर्षा अब काम गर्नका लागि मात्र नगर्ने तर्क गर्छिन् । वर्षा अभिनित फिल्म ‘लाखे’ कार्तिकको १८ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा पनि आफ्नो भूमिका धेरै नभएको उनले खुलाइन् ।

Europass CV in Nepal