मैं पनि एमाले गएका बद्री पंगेनीले गाए नयाँ चुनावी गीत ‘अघि अघि प्रचण्ड’

मैं पनि एमाले गएका बद्री पंगेनीले गाए नयाँ चुनावी गीत ‘अघि अघि प्रचण्ड’

काठमाडौं । पाँच वर्षअघि रिलिज भएको ‘मैं पनि एमाले…’ गीत गाउँदा बद्री पंगेनीलाई धेरैले नेकपा एमाले निकट गायक ठाने ।प्रिया भण्डारीसँग उनले मिलेर गाएको उक्त चुनावी गीतलाई एमालेले मतदाता रिझाउन भरपुर उपयोग गरेको थियो । यस्तो लाग्थ्यो, उक्त गीत एमालेको ‘एन्थेम’ किन नहोस् ।

पाँच वर्षपछि पंगेनीको सांगीतिक करिअरमा राजनीतिक सिफ्ट भएजस्तो देखिन्छ । उनै गायकले मंसिर ४ को चुनाव लक्षित नेकपा माओवादी केन्द्रको गीत ‘अघि अघि प्रचण्ड’ गाएका छन् ।

माओवादी केन्द्रलाई भोट मागिएको यो गीतमा बद्रीले प्रचण्डकी नातिनी स्मिता दाहालसँग मिलेर स्वर दिएका छन् । गीतको भिडियोमा बद्री फिचर्ड त छैनन्, तर उनको आवाज भने छ ।

Europass CV in Nepal

अनलाइनखबरसँग कुरा गर्दै पंगेनीले गीत गाउनु कलाकारको धर्म भएको बताए । ‘सै पनि एमाले गाउँदा मैले अरु पार्टीका गीत पनि गाएको थिएँ । जुन गीत चल्यो, त्यो गीतको चर्चा हुने हो । पेसागत हिसाबमा यो मेरो एउटा व्यवसाय हो । जुन गीत चल्छ, त्यसप्रति मान्छेले चासो राख्छन्, नचल्नेलाई ध्यान दिंदैनन्, त्यस्तै हो । कलाकार हुँ म । कलाकार सबै पार्टी निकट हुन्छन्,’ उनले भने ।