परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन

परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन

काठमाडौँ । परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ । परराष्ट्रका एक अधिकारीका अनुसार मन्त्रालयबाट घर फर्किने क्रममा सिंहदरबारको पूर्वी गेटअघि बिहीबार बेलुकी भएको दुर्घटनामा उनको मृत्यु भएको हो । ट्राफिक प्रहरीका अनुसार बाटो काट्ने गर्ने क्रममा सुब्बालाई मोटरसाइकलले हानेको थियो ।

अनामनगरमा बस्दै आएकी सुब्बालाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई मृत्यु घोषणा गरेको हो । अधिकृत सुब्बा मन्त्रालयको राष्ट्र संघ महाशाखामा कार्यरत थिइन् । उनी २०६९ सालमा परराष्ट्र सेवामा प्रवेश गरेकी हुन् । उनले यसअघि इजरायलस्थित नेपाली राजदूतावासमा सेवा गरिसकेकी छन् ।

उनले राहदानी विभागमा पनि काम गरेकी थिइन् । सुब्बाको पति र नाबालक छोरा छन् । ‘हामीले एक कुशल अधिकृतलाई गुमायौं । निकै दु:ख लागेको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने । पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले एक प्रतिभाशाली अधिृकत गुमाउनुपरेकोमा दु:ख व्यक्त गरेका छन् ।

Europass CV in Nepal

Europass CV in Nepal