यी हुन् ७० हजारको मेकअप गराएर पार्लरबाटै फरार हुने बेहुली

यी हुन् ७० हजारको मेकअप गराएर पार्लरबाटै फरार हुने बेहुली

बिहेको लागि गराएको मेकअपको पैसा पनि नतिरी भाग्ने बेहुली कस्ती होलिन् ? हालै बेलायतको यर्क सहरमा एउटा यस्तै घटना भएको छ । दुई हप्तापछि विवाह गर्न लागेकी ती युवती श्रृंगारका लागि ब्युटी पार्लर आएकी थिइन् । ब्युटी पार्लरमा उनले मेकअप गराइन् र त्यसबापत करिब ७० हजार रुपैयाँ बराबरको बिल आयो । तर उक्त बिलको रकम तिर्नुको साटो उनी ब्युर्टी पार्लरबाट फरार भइन् ।

पार्लरकी सञ्चालिका सार्लोट ब्रिजेसका अनुसार गत सेप्टेम्बर २८ मा एक युवतीले फोन गरेर मेकअपका लागि अपोइन्टमेन्ट बुक गरिन् । सोही अनुसार उनी एक जना बहिनीलाई लिएर पार्लरमा आइन् । करिब दुई घण्टा लगाएर बोटोक्स र लिप फिलर गराइन् । आफ्नो काम सकिएपछि उनी पैसा तिर्नका लागि कारबाट ब्याग ल्याउँछु भन्दै गइन् र पैसा ल्याएर आउनुको साटो एकाएक फरार भइन् ।

केहीबेरपछि उनकी बहिनी भनिएकी केटी पनि दिदीलाई हेर्न भन्दै पार्किङमा गइन् र दुवैजना फरार भए । हुनेवाला बेहुलीले मेकअपको रकम नतिरी फरार भएको भन्दै ब्रिजेसले प्रहरीमा उजुरी दिइन् । पार्लरमा आएको बेला उनले खिचेको तस्वीरको आधारमा प्रहरीले ती युवतीको खोजी गर्‍यो र हालै ती युवतीलाई पक्राउ गर्न सफल भयो । एजेन्सीको सहयोगमा

Europass CV in Nepal

 

Europass CV in Nepal