मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपाल सुशासन नामको पार्टी गठन गर्दै पूर्वडिआइजी रमेश खरेलले

Himali Patrika 1 मिनेट पढाइ

नेपाल सुशासन अभियानका संयोजक तथा पूर्वडिआइजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपाल सुशासन पार्टी’ गठन गर्ने घोषणा गरेका हुन्। शुक्रबार (भोलि) दिउँसो ३:३० पत्रकार सम्मेलन गरी उक्त पार्टी गठनको घोषणा गर्ने उनले बताए।

देशले राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै आफूले नयाँ पार्टी गठन गर्न लागेको उनले बताएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गौरवमय इतिहास र आफ्नै फरक पहिचान बोकेको हाम्रो देश नेपाल, पृथ्वीकै लागि गर्विलो देश हो। देशलाई समृद्ध बनाई देश सफल र शक्तिशाली बनाउन नेपालमा थुप्रै सम्भावनाहरू रहेका छन्। तर दुर्भाग्यबस हरेक सम्भावनाबाट पर्याप्तता रहेको हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन पाएन।’

त्यसैले एक नयाँ आयामको रूपमा नेपाललाई सफल र शक्तिशाली देशको रूपमा स्थापित गर्न नयाँ पार्टी गठन गर्न लागिएको उनले बताए। खरेल २९ वर्ष प्रहरी सेवामा थिए। प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै उनले डिआइजी पदबाट राजीनामा दिएका थिए। प्रहरी संगठनबाट राजीनामा दिएपछि खरेलले भ्रष्टाचार र अनियमितताविरूद्ध नेपाल सुशासन अभियान सञ्चालन गरेका थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।