मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

शृंखला खतिवडाको बुवा विरोध खतिवडामाथि हातपात

Himali Patrika 1 मिनेट पढाइ

मकवानपुर । पूर्व मिस नेपाल शृंखला खतिवडाको पितामाथि हातपात भएको छ।  मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको हो । मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि आज मङ्गलवार हातपात भएको हो ।

एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लिनेबित्तिकै हेटौँडा उपमहानगरपालिका–२ का पुरुषोत्तम खड्काले हातपात गरेका थिए । मनहरी गाउँपालिका ४ गोलघरमा सत्तारूढ गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि हातपात भएको हो ।

खतिवडालाई गठबन्धनमा आबद्ध कार्यकताले हातपात गरेकाे बताइएकाे छ । हातपात गर्ने व्यक्तिलाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयाे ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यसमेत रहनुभएका खतिवडा मकवानपुर–२ बाट प्रतिनिधि सभातर्फ सत्तारूढ गठबन्धनका संयुक्त उम्मेदवार हुनुहुन्छ । खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा सांसदमा निर्वाचित हुनुभएकाे थियाे । सांसद भएको ३० वर्षपछि उहाँले स्वास्थ्य मन्त्री बन्ने अवसरसमेत पाउनुभएकाे थियाे । चार पटक सांसद बन्नुभएका खतिवडा पाँचौँ पटक सांसद बन्ने दौडमा हुनुहुन्छ । प्रारम्भिक अनुसन्धानमा हातपात गर्ने व्यक्तिले रक्सी खाएका र खतिवडासँग पुरानो रिसइबीसमेत रहेको बताइएकाे छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।