कतारलाई विश्वकप होस्ट गर्ने अधिकार दिएर गल्ती गरेछु : फिफा पूर्वअध्यक्ष ब्लाटर

कतारलाई विश्वकप होस्ट गर्ने अधिकार दिएर गल्ती गरेछु : फिफा पूर्वअध्यक्ष ब्लाटर

२२ कात्तिक, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)का पूर्व अध्यक्ष सेप ब्लाटरले १२ वर्षअघि कतारलाई विश्वकप आयोजना अधिकार दिइनु गल्ती भएको स्वीकारेका छन् । त्यतिबेला उनी नै फिफाको अध्यक्ष थिए । महत्वपूर्ण मतका लागि उनले निकोलास सार्कोज र मिचेल प्लाटिनीसँग पनि छलफल गरेको बताएका छन् ।

फिफाको वित्तीय भ्रष्टाचारको मुद्दामासंघीय आपराधिक अदालतबाट गत जुलाईमा सफाई पाएपछि पहिलोपल्ट ८६ वर्षीय ब्लाटरले स्वीस सन्चारमाध्यम टामिडियासँग साक्षात्कार गरेका हुन् । उनीसँगै प्लाटिनीले पनि सफाई पाएका थिए ।

‘त्यो देश निकै सानो छ,’ सन् १९५४ को विश्वकप आयोजना गरेको स्वीट्जरल्याण्डपछि कै सानो आयोजक देशका रुपमा रहेको कतारको बारेमा ब्लाटरले भनेका छन्, ‘फुटबल र विश्वकप उसको तुलनामा धेरै ठूलो हो ।’

Europass CV in Nepal

दोहा शहरको आसपास रहेका ८ रंगशालामा ३२ टिमले ६४ खेल खेल्नेछन् । जुन सन् २०१० मा आयोजना अधिकार पाएपछि ठूलो मात्रामा निर्माण परियोजनाबाट तयार गरिएको हो ।

‘यो एउटा खराव विकल्प थियो । त्यतिबेला अध्यक्षको हैसियदले यसको जिम्मेबारी म लिन्छु,’ ब्लाटर भन्छन् । उनले सुरुदेखि नै आफू अमेरिकालाई आयोजना अधिकार दिने पक्षमा रहेको बताउँदै आएका छन् । सन् २०२२ विश्वकपको आयोजना अधिकारका लागि पाँच देशबीच प्रतिस्पर्धा भएको थियो ।

२ डिसेम्बर २०१० मा फिफा कार्यकारी समितिको बैठकको एक साताअघि फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोजीले आयोजना गरेको बैठकपछि विश्वकप अधिकार कतारतर्फ ढल्किएको बताइन्छ । सो बैठक अघिसम्म अमेरिकाले आयोजना अधिकार पाउने निश्चितजस्तै थियो ।

फ्रान्सेली महान खेलाडी प्लाटिनी त्यतिबेला युईएफएको अध्यक्ष र फिफाको उपाध्यक्ष थिए । उनीसहित फिफाका शीर्ष नेतृत्वलाई राष्ट्रपति सार्कोजीले आफ्नो सरकारी निवासमा भेट गरेका थिए । कतारका राजकुमार शेख तामिम विन हमाद अल थानी पनि त्यहीँ थिए ।

सो बैठकमा सार्कोजीले कतारलाई अयोजना अधिकार दिलाउन दवाव दिएको मंगलबार पनि दोहो¥याएका छन् । पेरिस बैठकपछि पनि प्लाटिनीमार्फत टेलिफोन गरी विश्वकप आयोजना अधिकारको मतदान प्रक्रिया परिवर्तन गर्न भनिएको थियो ।

‘प्लाटिनी र उनका युएईएफए टिमबाट चार मत कतारका पक्षमा गयो । जसले अमेरिकालाई आयोजना अधिकारबाट बन्चित गरिदियो,’ ब्लाटरले भनेका छन् । मतदानमा कतारको पक्षमा १४ र अमेरिकाको पक्षमा ८ मत परेको थियो ।

सन् २०१५ मा एसोसियट प्रेस (एपी)सँग कुरा गर्दै प्लाटिनीले पेरिसमा सो बैठकको महत्वको पुष्टि गरिसकेका थिए । प्लाटिनीले ७ वर्षअघि ज्युरिचमा एपीका पत्रकारसँग भनेका थिए, ‘सार्कोजीले मसँग कहिल्यै पनि कतारलाई भोट दिन भनेनन् । तर, के गर्दा ठीक हुन्छ भनेर मलाई थाहा थियो ।’

सन् २०१० मा कतारले आयोजना अधिकार पाएयता ब्लाटरले त्यहाँको श्रम शोषण र मानवअधिकार हननका बारेमा प्रष्ट धारणा राखेका छैनन् । तर फिफाका वर्तमान अध्यक्ष जियान्नी इन्फान्तिनो पछिल्लो एक वर्षदेखि कतारमै बस्न थालेकोमा भने प्रश्न उठाएका छन् ।

Europass CV in Nepal