मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 23 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

साहासी अमेरिकन महिला फोटोग्राफर : जसको लेन्सले देख्यो सगरमाथा क्षेत्रमा हिउँ चितुवा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले नेपाल आएको मौका सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवाको तस्विर खिच्न सफल भएकी छिन् । पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेको बताएकी छिन् ।

उनले ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन्। निकै साहासी फोटोपत्रकारपवलोस्कीले ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको वेभसाइटमा जनाएकी छिन् ।

तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पार्दा मौसम असाध्यै अप्रत्यासित रहेको उनल बताएकी छिन् ।उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो भन्ने आँटले यो काम गर्न सफल भएको बताउँदै हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन्। अन्तत बिहानीपखको गोधुली साँझ र मिर्मिरेमा उनले हिउँ चितुवा निकै आकर्षक दृश्य खिचेर आज संसारलाई देखाइन् । तस्बिर: किटी पवलोस्की

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।