मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कमल थापाको आरोपपछि हिमानी शाहको जवाफ- ‘मैले कुनै ट्विटर र फेसबुक सञ्जाल सञ्चालन गरेको छैन’

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले ट्विटर, फेसबुकलगायत कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको जनाइएको छ । बिहीबार हिमानीकाे निजी सम्बाद सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वयुवराज्ञी हिमानीले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको जनाएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका कमल थापाले आफूलाई हराउन निर्मल निवास योजनाबद्ध लागिपरेको भन्दै आरोप लगाएका थिए ।

त्यसपछि पूर्वयुवराज्ञी हिमानीले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनलाई बधाई दिएका थिए । हिमानीले थापालाई बधाई दिएपछि थापा प्रतिवाद उत्रेर अब राजतन्त्र फर्केर आउँछ भन्दै जवाफ दिएका थिए । थापाले ट्विटरमा भनेका छन्–‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाह लाई पनि हार्दिक बधाई तथा शुभकामना ।’

तर, बिहीबार सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वयुवराज्ञी हिमानीले कुनै पनि ट्विटर, फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोग नगरेको पुष्टि गरेको छ ।

आफूमाथि निराधार कपोल्कल्पित, भ्रमजाल छरिएको भन्दै त्यसबाट मुक्त रहन हिमानीले विज्ञप्तिमार्फत सबैलाई आग्रह गरेकी छन् । साथै, मर्यादामा आँच नपु¥याउन समेत विज्ञप्तिमाफर्पत् अनुरोध गरिएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।