मुख्य सामग्रीमा जानुहोस्
Thursday, 12 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

भूकम्प पीडितलाई राहत, उद्धार र घाइतेको उपचारका लागि प्रधानमन्त्रीको निर्देशन

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गएरातिको भूकम्पबाट पीडितलाई राहत, उद्धार र घाइतेको उपचारको प्रबन्ध गर्न निर्देशन दिएका छन् । बुधबार बिहान २:१२ बजे डोटीमा केन्द्र बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धान्जली अर्पण गर्दै पीडितलाई राहत, उद्धार र घाइतेको उपचारको प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले बुधबार बिहान ट्विटरमार्फत लेखेका छन्, ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु । साथै प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।