मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

राप्रपालाई भोट माग्दै मनिषा कोइराला, चुनावी सभालाई सम्बोधन गर्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । चुनाव नजिकिएसँगै सेलिब्रिटीहरु राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् । कतिपय कलाकार उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् ।

चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषाले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रमलाई मनिषाले पनि सम्बोधन गर्ने तय भएको राप्रपा स्याङ्जाका अध्यक्ष तुलसिंह ठकुरीले जानकारी दिए ।मनिषाले पहिलेदेखि नै राजसंस्था र हिन्दू राज्यको पक्षमा आफ्नो धारणा राख्दै आएकी थिइन् । तिनै एजेण्डा बोकेको दल राप्रपाप्रति उनको सैद्धान्तिक निकटता देखिन्छ ।

सञ्जयलीला भन्सालीको फिल्म ‘हीरामण्डी’को छायांकन लगत्तै मनिषा काठमाडौं उत्रिएकी हुन् । सन् १९८९ को नेपाली फिल्म ‘फेरि भेटौंला’बाट अभिनय करिअर थालेकी मनिषाले एक समय बलिउडमा राज गरेकी थिइन् । उनको पछिल्लो नेपाली फिल्म ‘धर्मा’ हो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।