मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रचण्डजीहरु नै प्रतिगमनकारी हो : मोहन वैद्य

Himali Patrika 1 मिनेट पढाइ

२३ कात्तिक,काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रतिगमन गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंस्थित शान्तिवाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त सभामा उनले प्रचण्डहरुले नै मौलिक हक उपयोग गर्न नदिएर प्रतिगमन गरिरहेको बताएका हुन् ।

‘हामी बहिस्कारवादीलाई किन लाग्ने त्यो आचारसंहिता ? भन्छन् लोकतन्त्र, शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दाखेरी माइक भाँचिदिने, पर्चा, पम्प्लेट लुट्ने, नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेर राख्ने । यो के तरिका हो ?

यही हो लोकतन्त्र ?’ वैद्यले प्रश्न गरे, ‘प्रचण्डजीहरु भन्नुहुन्छ प्रतिगमनको बिरुद्ध। यहाँभन्दा ठूलो प्रतिगमन के हो ? जनताको मौलिक अधिकारलाई खोस्ने, अनि कुन प्रतिगमनका बिरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरुले नै गरिरहनुभएको छ । यो के लोकतन्त्र हो ? लोकतन्त्र फाँसिवादतिर गइराखेको छ ।’ उनले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गरेको बताए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।