आफ्नो पार्टी नछोड्नुस्, तर मत हामीलाई दिनुस् : रवि लामिछाने

आफ्नो पार्टी नछोड्नुस्, तर मत हामीलाई दिनुस् : रवि लामिछाने

२२ कात्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र सुशासनका लागि यस पटक मत फेर्न आग्रह गरेका छन् । हेटौंडामा आयोजित चुनावी सभामा बोल्दै उनले भने ‘यसपटक मत फेर्नुपछर्, पार्टी फेर्नुपर्दैन’ ।

‘तपाईको पार्टीलाई सलाम छ । महान पुष्पलालले बनाएको पार्टीप्रति मेरो श्रद्धा छ । महान बीपी कोइरालाको पार्टीप्रति मेरो श्रद्धा छ’, उनले भने, ‘सबै राजनीतिक दल र आस्थाप्रति मेरो कहीं–केही छैन । तपाईंको आफ्नो मनमा लागेको, घरमा झण्डा गाडेको पार्टीलाई हत्तपत्त छोड्नुस पनि भन्दिन ।’

मत फेर्नु अवसरवाद नभएको तर्क गर्दै उनले परिवर्तनका लागि गोली खाएका पार्टीलाई सच्चिने अवसरका लागि यसपटक प्रतिपक्षमा राख्नुपर्ने बताए । आफुले चुनाव नजितेपनि जनताको काम गर्न नछोड्ने उनको भनाइ छ ।