सञ्जय दत्तको पहिलो श्रीमती ऋचा शर्मासँगको तस्बिर भाइरल

सञ्जय दत्तको पहिलो श्रीमती ऋचा शर्मासँगको तस्बिर भाइरल

बलिउड अभिनेता सञ्जय दत्त आजकल आफ्ना आगामी ठूला फिल्ममा व्यस्त छन्। यसै क्रममा उनी आफ्नो व्यक्तिगत जीवनको विषयलाई लिएर निकै चर्चामा आएका छन् । हालै सामाजिक सञ्जालमा उनको एउटा तस्बिर भाइरल भइरहेको छ जसमा उनी आफ्नो पहिलो पत्नी ऋचा शर्मासँग देखिएका छन् । सञ्जयको यो तस्विर भाइरल हुनुका पछाडि उनकी छोरी त्रिशाला दत्तको हात छ । त्रिशालाले एक भावुक पोस्टमा आमाको तस्बिर सेयर गरेकी छिन् र उनको पोस्टले धेरै पीडादायी पुराना सम्झनाहरूसहितको पोस्ट गरेकी छिन्।

सञ्जय दत्तकी छोरी त्रिशाला बलिउडमा सक्रिय नभएता  सामाजिक सञ्जालमा निकै चर्चामा रहन्छिन् । उनी आफ्ना फलोअर्ससँग जोडिनका लागि हरेक दिन रोचक पोष्टहरू सेयर गर्ने गर्छिन् । यसबाहेक उनी प्रायः फ्यानसँग च्याटिङ सेसन पनि गर्छिन् । हालै उनले यस्तै एउटा सेसनमा आमा ऋचा शर्मा र बुबा सञ्जय दत्तको तस्बिर सेयर गरेकी छिन ।

त्रिशालालाई एक सामाजिक सञ्जाल प्रयोगकर्ताले रोचक प्रश्न सोधेका थिए । प्रश्न थियो, तपाईलाई मन पर्ने तस्विर कुन हो जसमा तपाई हुनुहुन्न । यो प्रश्नको जवाफमा त्रिशालाले यो फोटो सेयर गरिन् । इन्स्टा स्टोरीमा उक्त तस्बिर सेयर गर्दै त्रिशालाले क्याप्सनमा लेखेकी छिन्- ‘मेरी आमा (RIP) र बुवा सञ्जय दत्त। उनले यो तस्विरसँग सेतो रंगको हार्ट इमोजी पनि सेयर गरेका छन् ।

Europass CV in Nepal

त्रिशाला सञ्जय दत्तकी पहिलो पत्नी रिचाकी छोरी हुन् । दुवैले सन् १९८७ मा अमेरिकामा विवाह गरेका थिए । विवाहको दुई वर्षपछि ऋचालाई ब्रेन ट्युमर भयो । उनको उक्त गम्भीर रोगका कारण सन् १९९६ मा न्यूयोर्कमा निधन भएको थियो । त्यसयता त्रिशला आफ्ना हजुरआमासँग बस्छिन् । त्रिशला एक व्यावसायिक मनोचिकित्सक हुन्।

Europass CV in Nepal