मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

युद्धकालीन कार्यक्रमको झल्को: देउखुरीमा यसरी हुँदैछ माओवादी केन्द्रको प्रदेश सम्मेलनको तयारी 

Himali Patrika 1 मिनेट पढाइ

हिमाली पत्रिका 

२३ मङ्सिर, दाङ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले यही मंसिर २५ र २६ गते हुने लुम्बिनी प्रदेशको प्रदेश सम्मेलन केन्द्रित क्रियाकलाप तीब्र रूपले अगाडि बढाइ रहेको छ। जनयुद्धकालीन कार्यक्रमको झल्को दिने गरि माओवादी केन्द्रले दाङको राप्ती गाउँपालिका स्थित एक खुला चौरमा टेन्ट टाँगेर कार्यक्रमका लागि तयारी गरिरहेको हो।  

लुम्बिनी प्रदेशका एक सय ९ वटा स्थानीय तहबाट एक हजार जना भन्दा बढी प्रतिनिधि उपस्थित हुने यस खुला मैदानमा खानाका लागि मेस, पिउने पानि, सौचालयसहित सबैकुराको उचित व्यस्था गराइने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सम्मेलन प्रचार प्रसार उप समितिका संयोजक जीवन गौतमले जानकारी दिनुभयो ।

अन्य पार्टीले करोडौं रुपैयाँ खर्च गरेर भड्किलो तरिकाले सम्मेलन गरिरहेका बेला माओवादी केन्द्रले भने जनयुद्धकालमा जस्तै सामान्य तरिकाले खुला चौरमै टेन्ट राखेर  सम्मेलनको तयारी थालेको छ। दुई दिनसम्म चल्ने यस सम्मेलनमा प्रदेशका १२ जिल्लाबाट उपस्थित हुने प्रतिनिधिहरूका लागि कार्यक्रम स्थलमै मेसको व्यवस्था गरिएको छ। 

सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको उप समितिका संयोजक गौतमले जानकारी दिनुभयो । अध्यक्ष दाहालको सम्बोधन प्रोजेक्टरबाट लाइभ देखाइने हुँदा कार्यक्रम स्थलमा उच्च गतिको इन्टरनेट, विभिन्न ठाउँमा प्रोजेक्टर, गुणस्तरीय साउण्ड सिस्टम  लगायत आवश्यक पर्ने सम्पूर्ण प्राविधिक सामग्रीको व्यवस्थामा पार्टी लागिरहेको गौतमले बताउनुभयो।  

Nepali Banner Design Nepali political banner sammelan banner

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।