मुख्य सामग्रीमा जानुहोस्
Saturday, 7 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

कोशीको पानी ल्याएर धरानवासीलाई खुवाउँछौं: ओली

Himali Patrika 1 मिनेट पढाइ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीको पानी धरान ल्याइने बताएका छन्। कोशीको पानी पम्पिङ गरेर धरान ल्याउने ओलीले बताए।

आज धरानमा आयोजित चुनावी सभामा बोल्दै ओलीले भने, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा?। कसको घरमा खानेपानी पुर्‍याउने?’

उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताए। ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्,’ ओलीले भने, ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त? हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन।’

उनले मंसिर ४ पछि आयोजना सुरू गरेर काम गर्ने पनि बताएका थिए। ‘त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ?’ ओलीले भने।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।