राजु श्रीवास्तवपछि जिम गर्दागर्दै अभिनेता सिद्धान्तको पनि निधन

राजु श्रीवास्तवपछि जिम गर्दागर्दै अभिनेता सिद्धान्तको पनि निधन

भारतीय टेलिफिल्म ‘कुसुम’, ‘कसौटी जिन्दगी की’, ‘कृष्णा अर्जुन’ लगायतका अभिनेता सिद्धान्त वीर सूर्यवंशीको हृदयघातका कारण निधन भएको छ । ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्क आउट गरिरहँदा हृदयघात भएको थियो ।

उनलाई तुरुन्तै अस्पताल पुर्‍याइए पनि डाक्टरको टिमले करिब ४५ मिनेट उपचार गरेपछि उनको निधनको घोषणा गरेका थिए । सिद्धान्त पछिल्लो पटक ‘जिद्दी दिल माने ना’ शोमा देखिएका थिए ।

सिद्धान्त फिटनेसका सौखिन थिए । सामाजिक सञ्जालमा उनी प्रायः जिम वर्कआउटको भिडियो शेयर गरेर फ्यानलाई प्रोत्साहन गरिरहन्थे । सिद्धान्तले सन् २०१७ मा मोडल तथा फेसन कोरियोग्राफर अलिसिया राउतसँग विवाह गरेका थिए । उनका दुई सन्तान छन् ।

Europass CV in Nepal

यो उनको दोस्रो विवाह हो । यसअघि उनले ईरा सूर्यवंशीसँग सन् २००० मा विवाह गरेका थिए । तर उनीहरूले सन् २०१५ मै वैवाहिक सम्बन्ध टुंग्याएका थिए । जिम वर्कआउटका क्रममा हृदयघात भएका सिद्धान्त तेस्रो कलाकार हुन् । यसअघि कमेडियन राजु श्रीवास्तव र ‘भाभीजी घर पर हे’का अभिनेता दीपेश भानको पनि वर्कआउटकै क्रममा निधन भएको थियो ।