सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव

सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव

२६ कात्तिक, काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ ।

शनिबार एक विज्ञप्ति जारी गरी हाम्रो नेपाली पार्टीले ४ मंसिरको चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो ।

‘आगामी ४ मंसिरपछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा ई सागर ढकाललाई प्रस्ताव गर्ने हाम्रो नेपाली पार्टी (लौरो अभियान) को निर्णय भएको व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराउँदछौं’ अध्यक्ष अनन्तराज घिमिरेको विज्ञप्तिमा भनिएको छ ।

Europass CV in Nepal

हेर्नुहोस् विज्ञप्ति

प्रेस विज्ञप्ती

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सम्पूर्ण मतदाता माझ हाम्रो नेपाली पार्टी लौरो अभियान ले देशमा रहेका भ्रष्ट नेताहरुलाई जेल हालेर सुन्दर र समृद्ध नेपाल बनाउने मुख्य लक्ष्यका साथ देश भरका स्वतन्त्र युवा इन्जिनियर, डाक्टर तथा अभियन्ता द्वारा लौरो चुनाव चिन्ह लिएर प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार आउनु भएको व्यहोरा सर्वविदितै छ । आगामी मंसिर ४ पछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधामन्त्रीको उम्मेदवारको रूपमा ई सागर ढकाल लाई प्रस्ताव गर्ने हाम्रो नेपाली पार्टी (लौरो अभियान) को निर्णय भएको व्योहरा सम्पूर्ण सबैमा जानकारी गराउंदछौं । ई. सागर ढकाल ज्यू लाई विजय गराउन सम्पूर्ण डडेल्धुरा वासी मतदातालाई हार्दिक अपिल गर्दछ ।