आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन् : अर्थविद् वाग्ले

आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन् : अर्थविद् वाग्ले

काठमाडाैं । अर्थविद् डा. स्वर्णिय वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्‍याए ।

शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे । अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोहीअनुसारको आफूहरूजस्ता विज्ञहरूको टिम रहेको समेत खुलासा गरे ।

थापाले कोभिड महामारीमा राजनेताको छवि बनाएको भन्दै उनलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने विश्वास समेत व्यक्त गरे ।

Europass CV in Nepal

अर्थविद् वाग्लेले थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजादा हरेक नागरिकलाई बिमाको माध्यमबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको पनि बताए ।

थापा आन्दोलनबाट आएको नेता भएको उल्लेख गर्दै वाग्लेले थापाकै नेतृत्वमा मुलुकको अवस्थामा पनि परिवर्तन गर्न सकिने बताए । अब पुराना पुस्ताका नेताहरूको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने अर्थविद् वाग्लेको भनाइ थियाे ।

अर्थविद् वाग्लेले नयाँ पुस्ता नआइ मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताए । उनले युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । उनले मुलुक पछि पर्नुमा राजनीतिनै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको बताए ।

Europass CV in Nepal