मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

ट्राफिक नियम : जहाँ कारबाही, त्यहीँ जरिवाना

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं: काठमाडौं उपत्यकामा तपाइँ ट्राफिक नियम मिचेर कारबाही पर्नुभएको छ? जरिवाना तिर्दा बैंकमा घन्टौं लाइनमा बस्नुभएको छ? उपत्यकामा ट्राफिक प्रहरीले कारबाही स्थलबाटै जरिवाना तिर्ने व्यवस्था गरेको छ। केहीगरी सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेर कारबाहीमा परे तत्कालै जरिवाना तिरेर आफ्नो कागजात फिर्ता लिन सकिने छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलेज बिहीबार प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट – इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्थाको सुरुवात गरेका छन्। सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको बताए।

‘अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरुवात भएको छ,’ कार्यक्रममा उनले भने।

पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरि पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरेको यो सेवालाई क्रमशः अन्य कार्यालयमा समेत विस्तार गर्ने महाशाखाले जनाएको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ती उल्लंघन गरेका चालकहरुले भने ट्राफिक जनचेतनामुलक प्रशिक्षण लिएपछि ट्राफिक प्रहरी महाशाखाबाट मात्र आफ्नो कागजात फिर्ता लिन सकिने समेत महाशाखाले जनाएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।